मंसिर २९, २०८०
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
काठमाडाैं | बैशाख १०, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले वैशाख ९ गते आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो सल्लाहकार भन्दै तिलक लामालाई सँगै कुर्सीमा बस्न लगाएका थिए ।
मन्त्री तामाङले बायाँतर्फ सल्लाहकार लामा, बीचमा आफैं र दायाँतर्फ सचिव डा. दीपक काफ्लेलाई राखेर पत्रकार सम्मेलन गरेका थिए । मन्त्रालयकै सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा पनि सल्लाहकार भनिएका लामा निकै सक्रिय थिए । पत्रकारले सोधेका कतिपय प्रश्नको उत्तर दिने क्रममा समेत लामाले मन्त्री तामाङसँग कानेखुसी गरिरहेको देखिन्थ्यो ।
मन्त्रीले आफ्नो सल्लाहकार भनेर सम्बोधन गर्ने गरे पनि मन्त्रालयमा लामाको औपचारिक नियुक्ति भएको छैन ।
मन्त्रालयको प्रशासन महाशाखा प्रमुख समेत रहेका प्रवक्ता हेमराज तामाङले लामाको नियुक्ति भएको जानकारी आफूलाई नरहेको बताए ।
'उहाँको नियुक्ति भएको भन्ने मलाई ठ्याक्कै जानकारी भएन । मेरो सूचनामा त्यो आएको पनि छैन,' प्रवक्ता तामाङले लोकान्तरसँग भने, 'मन्त्रीज्यूले अनौपचारिक ढंगले सल्लाहका लागि राख्नुभएको हुनसक्छ । नियमतः सल्लाहकार राख्ने ठाउँ पनि शायद छैन होला ।'
प्रशासन शाखामा उनको नियुक्तिबारे खोजखबर गर्दा कुनै कागजात भेटिएन । मन्त्री तामाङले सचिवालयमा नियुक्त गरेका अन्य कर्मचारीहरूको विवरण भने भेटियो । २०८० फागुन २३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार नुवाकोटको बेलकोटगढी- ४ का नविन पुडासैनीलाई स्वकीय उपसचिव, नुवाकोटकै पञ्चकन्या- ४ का रूपक तामाङलाई स्वकीय अधिकृत र जीतेन्द्रसिंह ठकुरीलाई प्रशासन सहायकमा नियुक्ति गरिएको कागजात प्रशासन शाखामा भेटियो ।
त्यसैगरी, नुवाकोटको ककनी- ४ का दीपेश तामाङ र नुवाकोटकै दुप्चेश्वर-४ का उइमान तामाङलाई हलुका सवारी चालकको रूपमा नियुक्त गरिएको छ । काभ्रेको धुलिखेल- १२ की असलीमाया तामाङ र नुवाकोटको पञ्चकन्या -१ की सोमी तामाङलाई कार्यालय सहयोगीमा नियुक्त गरिएको नियुक्ति पत्र प्रशासन महाशाखामा छ । तर, सल्लाहकार लामाको मनोनयन वा नियुक्ति सम्बन्धमा कुनै पनि कागजात भेटिएन ।
कानूनत: मन्त्रालयले नचिनेका लामा सल्लाहकारमा मात्र सीमित छैनन्, उनले छायाँ मन्त्रीसरह नै हरेक कामकाजमा हस्तक्षेप गर्ने गरेको कर्मचारीहरू बताउँछन् ।
भाइलाई पर्यटन बोर्ड सदस्यमा नियुक्ति
२०८० चैत १५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्ड कार्यकारी समिति सदस्यको रिक्त ३ पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गरेको थियो ।
मनोनयन भएका तीन सदस्यमध्ये राजेन्द्रबहादुर लामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङका सल्लाहकार तिलक लामाका भाइ हुन् । तिलक पर्यटन व्यवसायी हुन् ।
पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले मंगलबार ५ जनाको नाम सिफारिश गरेको थियो । समितिले पर्यटन व्यवसायी अभिषेकविक्रम शाह (काठमाडौं), अम्बरजंग गुरु (लम्जुङ), राजेन्द्रबहादुर लामा (काभ्रेपलाञ्चोक), ऋषि भण्डारी (कास्की) र रामप्रसाद सापकोटा (कमल) धादिङलाई अन्तिम ५ मा सिफारिस गरेकोमा मन्त्रिपरिषद्ले सोमध्येबाट भण्डारी, लामा र सापकोटालाई बोर्ड सदस्यमा मनोनयन गरेको हो ।
२०८० माघ २२ गते आफ्नो ३ वर्षे कार्यकाल पूरा गर्दै उपाध्यक्ष समेत रहेका चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिएसँगै पर्यटन बोर्डमा तीन सदस्यको पद रिक्त हुन पुगेको थियो । रिक्त तीन बोर्ड सदस्यका लागि २३ जना व्यवसायीहरूले आवेदन दिएका थिए ।
मन्त्री खादामाला थाप्नमा व्यस्त, छायाँ मन्त्री सक्रिय
पर्यटन मन्त्री तामाङ खादामाला तथा बधाई थाप्नमै व्यस्त रहेका बेला सल्लाहकार भनिएका लामा भने अत्यधिक सक्रिय छन् ।
पर्यटन व्यवसायीदेखि हवाई व्यवसायी र संस्कृति क्षेत्रका व्यक्तिसहित विभिन्न बिचौलियाहरूलाई मन्त्री तामाङसमक्ष पुर्याउने काम समेत लामाले गर्दै आएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।
'सल्लाहकारज्यू सल्लाहकारजस्तो नभएर छायाँ मन्त्रीसरह प्रस्तुत हुने गर्नुभएको छ,' मन्त्रालयको उच्च तहका एक कर्मचारीले लोकान्तरसँग भने, 'उहाँले पर्यटन बोर्डमा आफ्ना भाइलाई नै नियुक्ति दिलाइसक्नुभयो ।'
अहिले सल्लाहकार लामाको ध्यान पर्यटन बोर्डको कार्यकारी प्रमुख नियुक्तिमा केन्द्रित भएको ती कर्मचारीले खुलाए ।
पर्यटन बोर्डको सीईओ पदका लागि आवेदन दिएकामध्ये १६ जना उम्मेदवारको शर्टलिस्ट सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको सूचीअनुसार ठाकुरप्रसाद देवकोटा, हिक्मतसिंह ऐर, विजय नेपाल, राजाराम गिरी, राजाराम केसी, ज्ञानिन राई, नवीन पोखरेल, ज्ञानेश्वरप्रसाद सिंह महतो, श्रद्धा श्रेष्ठ, सूर्यबहादुर घिमिरे, सन्तोषविक्रम थापा, दीपकराज जोशी, दीपक बास्ताकोटी, धनञ्जय रेग्मी, लक्ष्मण गौतम र रामचन्द्र सेढाईं रहेका छन् ।
यसैगरी पर्यटन बोर्ड सीईओको प्रतिस्पर्धामा दीपकराज जोशी, राजाराम गिरी, श्रद्धा श्रेष्ठ र लक्ष्मण गौतम छन् । तीमध्ये रेग्मी निवर्तमान सीईओ हुन् भने जोशी बोर्डको पूर्वसीईओ हुन् । गिरी तत्कालीन पर्यटन पुनरुत्थान समितिका संयोजक, श्रेष्ठ पर्यटन बोर्डकी प्रबन्धक र गौतम कार्यबाहक निर्देशक हुन् ।
यी १६ उम्मेदवारमध्ये आफू निकटका व्यक्तिलाई छनोट गर्न लामाले दबाब बढाएको कर्मचारीहरूको दाबी छ ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...