×

NMB BANK
NIC ASIA

'ग्राउण्ड जिरो'

इलाम-२ उपचुनावः रास्वपालाई ‘सहकारी’ भारी, कांग्रेस-एमालेलाई 'मुढा'को चुनौती

विराटनगर | बैशाख ११, २०८१

NTC
Premier Steels

इलाम–२ मा वैशाख १५ गते हुने उपचुनावमा पहिचानवादी समूहका उम्मेदवार डकेन्द्रसिंह थेगिम ठूला दललाई चुनौती बन्ने देखिएको छ । कोशी नामकरणविरुद्ध आन्दोलित पहिचान पक्षधरहरू एकै ठाउँमा उभिएपछि प्रमुख दलका उम्मेदवारलाई चुनौती बढेको हो । पहिचानवादी ४१ वटा घटकको समर्थन पाएका थेगिम मुढा चुनाव चिह्न लिएर गाउँ गाउँमा गइरहेका छन् । २०७८ फागुन १७ गते एमाले माओवादी, कांग्रेस र राप्रपाका २ तिहाइभन्दा बढी सांसदको समर्थनमा १ नम्बर प्रदेशको नाम कोशी राखिएको थियो । 

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इलामको उप निर्वाचनमा १२ दल र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । मैदानमा १९ उम्मेदवार भए पनि तीन दल र एक स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ । इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी स्वतन्त्र उम्मेदवार थेगिमबीच प्रतिस्पर्धा हुने अनुमान छ । इलाम–२ विगत २५ वर्षदेखि एमालेका सुवास नेम्वाङले एकलौटी चुनाव जितेको क्षेत्र हो । एक छत्र चुनाव जितेका सुवासको निधनपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको छ । 


Advertisment
Nabil box
Kumari

कोशी प्रदेश नामकरणपछि स्थापना भएको प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजकसमेत रहेका थेगिमले प्रचारलाई तीव्र बनाएका छन् । उनलाई जनता समाजवादी (जसपा), नेपाल समाजवादी (नेसपा), जनमुक्ति, संघीय लिम्बुवानले पनि समर्थन गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समेत थेगिमको प्रचारप्रसार गरिरहेका छन् । हर्क साम्पाङकै शैलीमा थेगिमले चुनावी प्रचार गरिरहेका छन् । उनी चुनाव चिह्न मुढा लिएर हिँड्ने गरेका छन् । आफ्नो चुनाव चिह्न मुढालाई ‘ब्रान्डिङ’ गर्ने गरेका छन् । यसअघि गत स्थानीय चुनावमा धरानमा हर्क साम्पाङ लौरो बोकेरै मतदाताको घरघर पुग्ने गरेका थिए । उनले चुनाव जिते पनि ।

Vianet communication

पुराना दल कांग्रेस–एमालेलाई मात्रै होइन नयाँ दल रास्वपालाई पनि उनले चुनौती दिएका छन् । थेगिमले मत सर्वेक्षणका लागि पनि आफ्ना समर्थकहरूलाई परिचालन गरेका छन् । इलामको माईनगरपालिका–७ शुक्रवारेमा भेटिएका भवीराज लिम्बूले थेगिमको उम्मेदवारीले १४ हजार मत तलमाथि हुने बताए । ‘१४ हजार मतको जग हल्लिएको छ,’ उनले भने ‘अब थोरै मेहनत गर्दा चुनाव जितिन्छ होला ।’

null

इलाममा माओवादी केन्द्रको उम्मेदवार छैन । माओवादीले औपचारिकरूपमा एमालेलाई सघाउने निर्णय गरेर नेताहरू सुहाङको चुनावी प्रचारमा छन् । तर, केही कार्यकर्ता भने प्रचण्डले जे भन्यो त्यो नमान्ने भन्दै थेगिमको पक्षमा लागेका छन् । माओवादीले पहिचानको एजेन्डा बोक्न छाडेकाले मुढाको पक्षमा लागेको भीमकुमार समाम्फेले बताए । उनी पूर्व माओवादीका वडाका इन्चार्जसमेत हुन् । नामकरण पछाडि भने आफूले माओवादी छाडेको उनले बताए । ‘सुवाससँग हामीले पुल, बाटो बनाउन भन्यौं,’ उनले भने, ‘भाइहरूले भनेको गर्दिहाल्छौं नि भनेर बाटो कालोपत्रे पनि बनाई दियो । खोलामा पुल पनि बनाई दियो ।  छोरा सुहाङले पनि काका भनेर आएर घरमै भोट माग्यो तर, एमाले अध्यक्ष केपी ओलीले पहिचानवादीलाई गाली गरेपछि मन र मत परिवर्तन गर्ने मोडमा पुगें ।’

गत निर्वाचनमा पहिचानवादी दलमा आबद्ध उम्मेदवारहरूले झन्डै चार हजार मत ल्याएका थिए । मगोल नेशनल अर्गानाइजेशनका मनिबहादुर लिम्बुले १३६३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय जनमुक्तिका खडकप्रसाद पालुवाले १२७२ मत प्राप्त गरेका थिए । जसपाका यामप्रसाद लिम्बुले ७२४ मत प्राप्त गरेका थिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्द सिंह लिम्बूले ६८४ मत प्राप्त गरेका थिए  । मंगोल नेशनल अर्गनाईजेसनका मनिबहादुर लिम्बू अहिले पनि उम्मेदवार छन् । अन्य दलको भने थेगिमलाई समर्थन छ । 

null

इलाम–२ मा जनजातिहरूको बाहुल्यता छ । किरात याक्थुङ चुम्लुङले थेगिमलाई सघाउने जनाइसकेको छ । पहिचान आन्दोलनका लागि भनेर तयार गरिएका युवा दस्ताको मार्चपास दैनिक गर्ने गरिएको छ । यो क्षेत्रमा ४२ वटा वडा रहेका छन् । सबै वडामा ‘पहिचानका लागि युवा’ भन्ने टी-शर्ट (भेस्ट) लगाएका युवाहरू परिचालन  गरिएका छन्  । मतदाताले  मत परिवर्तन गर्नेमा उनी ढुक्कजस्तै देखिन्छन् । माई नगरपालिकाको ७ नम्बर वडामा घर दैलोमा भेटिएका थेगिमले केही मतदाताले पहिचानलाई जातीय राजनीतिको रूपमा बुझ्नु चुनौती रहेको बताए । ‘पहिचानलाई जातीय भनेर भन्ने गरिएको छ,’ उनले भने, ‘समय अभाव भएकाले मैले चिर्न सकिरहेको छैन । साथीहरू टोल टोलमा खटिनुभएको छ । उहाँहरूले बुझाउँदै हुनुहुन्छ ।’ 

भाषणमा थेगिम नरम तर, समर्थक छुच्चा 
थेगिमको कोण सभाहरूमा बाहिरका समर्थकहरूलाई पनि प्रयोग गर्ने गरिएको छ । उनलाई सहयोग गर्न स्वागत नेपाललगायत वक्ताहरूलाई लाने गरिएको छ । तर, उनीहरूले गरेको भाषणले मतदातामा असर परिरहेको उनी सँगै हिड्नेहरू  बताउँछन् । ‘हाम्रो पनि समर्थन छ भनेर आउनुहुन्छ,’ उनीसँगै चुनावी अभियानमा हिँडेका एक समर्थकले भने, ‘तर भाषण गर्दा केही छुच्चोपन देखाइदिनु हुन्छ । यसले केही असर गरेको छ ।’

null

थेगिमले रास्वपासहित एमाले र कांग्रेस आफ्नो प्रतिस्पर्धी भएको बताए । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको समर्थन रहेको बताउने उनका लागि लिङदेन भने केही बोलेका छैनन् । माङ्सेबुङ गाउँपालिका–५ को लारुम्बामा धर्मगुरुको इसारामा मत परिवर्तन हुने गरेको जानकारहरू बताउँछन् । पहिला सुवास नेम्वाङले पनि धर्मगुरुलाई भेट्ने गरेका थिए । गत चुनावमा यस वडामा राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राईले ८३७ मत प्राप्त गरेका थिए । गाउँपालिकाको उपाध्यक्ष पनि जसपाका विनोदकुमार नेम्वाङले चुनाव जितेका थिए । नेम्वाङले ३ हजार ७२९ मत ल्याएका थिए । दुवै दलको समर्थन अहिले थेगिमलाई छ । धर्मगुरु भने अहिलेसम्म थेगिमको पक्षमा खुलिसकेका छैनन् । तथापि पहिचान पक्षलाई सघाउने मनसाय राखेको उनी निकटकाहरू बताउँछन् । तर, थेगिम भने नरम भाषण गर्छन् । 

थेगिम एमालेका पूर्व नेतासमेत हुन् । उनले एमालेको मत बढी काट्ने अनुमान गरिएको छ । एमाले आफ्नो मत रोक्न बल गरिरहेको छ । रास्वपाले बजार क्षेत्रमा अस्थिर देखिएको मत काटे मात्रै चुनाव जित्न सहज हुने अनुमान एमालेको छ । यस्तै कांग्रेसका खड्काले जातीय मत विभाजन हुँदा आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बूलाई उनकै पार्टीका सभापति रवि लामिछाने जोडिएको सहकारी प्रकरण भारी पर्ने देखिएको छ ।

यी पनि पढ्नुहोस् :

इलाम-२ उपचुनाव: सहकारीका प्रश्नले घेरिन्छन् वाग्ले, तर्कीतर्की हिँड्छन् लामिछाने

इलामको चुनावी मैदानमा फरक देखिएका सुहाङ– बुवाकै शैली, मतदाता रिझाउने मिजास !

इलाम-२ उपनिर्वाचनः ‘मिसन ०८४’ हेरिरहेका दललाई आफ्नै शक्ति जाँच्ने अवसर

इलाम-२ उपचुनाव: प्रचारमा केन्द्रीय नेताको लर्को, नयाँ मतदाता अझै अन्योलमा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x