कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
इलाम | बैशाख १२, २०८१
युवा उम्मेदवारको बाहुल्यता रहेको इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनअन्तर्गत चुनावी प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । आजै राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि प्रचारप्रसार गर्न पाइँदैन ।
मौन अवधि सुरु हुनुअघि उम्मेदवारहरू आ–आफ्नो पक्षमा मत तान्न तल्लीन छन् । यसपालि इलाममा नयाँ शैलीमा चुनाव प्रचार भइरहेको छ । युवा उम्मेदवारहरू अर्काको विरोध नगरी मत मागिरहेका छन् । यसअघिका चुनावमा भने उम्मेदवारहरूबीच आरोप–प्रत्यारोप हुने गरेको थियो । उप निर्वाचनमा नेकपा (एमाले)ले सुवास नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा झिनो मतान्तरले विजयी भएका नेम्वाङको निधनपछि इलाम–२ मा उपचुनाव हुन लागेको हो ।
नेपाली कांग्रेसले डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । उनी गत चुनावमा एमालेका नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए । २०७९ को चुनावमा एमालेका नेम्वाङसँग कांग्रेसका खड्का ११४ मतले पराजित भएका थिए । त्योबेला खड्कालाई माओवादी र एकीकृत समाजवादीको साथ थियो । अहिले खड्का एक्लै मैदानमा छन् भने सुहाङलाई माओवादीले साथ दिएको छ । एकीकृत समाजवादी भने आफ्नै उम्मेदवारसहित चुनावी मैदानमा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । यस्तै पहिचानवादी समूहको समर्थन रहेका स्वतन्त्र डकेन्द्रसिंह लिम्बूलगायत १९ उम्मेदवार चुनावी मैदानमा छन् । मूलतः माथि उल्लेखित चार उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।
एमालेका सुहाङ र रास्वपाका मिलनको उमेर उस्तउस्तै छ । दुवै जना ३३/३२ वर्षका भए । दुवै उम्मेदवारले एक अर्काको विरोध गरेका छैनन् । मतदातालाई आफ्ना कुरा मात्रै सुनाउने गरेका छन् ।
सुहाङले त झन् ३/४ मिनेटभन्दा लामो भाषणसमेत गर्दैनन् । उनले सम्बोधनसमेत एकमुस्ट गर्ने गर्छन् । होच्याउने गाली गर्नेजस्ता कुनै शब्द उनले आफ्नो भाषणमा प्रयोग गर्दैनन् । मिलनले पनि कसैलाई गाली नगरी आफ्ना एजेन्डा मात्रै भन्ने गरेका छन् ।
कांग्रेस नेताहरूले भने सुहाङलाई 'बाउको उत्तराधिकारी छोरो नहुने' भन्दै विरोध गर्ने गर्छन् । यस्तो राजसंस्थामा मात्रै हुने उनीहरूको तर्क हुन्छ । तर, कांग्रेसका उम्मेदवार खड्का भने अरु उम्मेदवारको खासै विरोध गर्दैनन् । उनले केन्द्रको गठबन्धन इलाममा लागू नहुने मात्रै बताउँदै आएका छन् ।
पहिचानको विषयमा चर्काे आवाज उठाउने डकेन्द्रले पनि कुनै दल तथा उम्मेदवारको विरोध गर्दैनन् । उनी पूर्वशिक्षक समेत हुन् । उनले रास्वपा एमाले र कांग्रेस आफ्ना लागि चुनौती रहेको बताउने गरेका छन् । एक अर्काको विरोध नगरी आफ्ना चुनावी एजेन्डा मात्रै सुनाएर इलामका उम्मेदवारहरूले एउटा सन्देश दिइरहेका छन् ।
इलामको माई नगरपालिकाका टेकबहादुर सारू मगरले सबै दलले एक अर्कालाई गाली नगरी सभा तथा घरदैलो गर्ने गरेको बताए । ‘मैले सबै दलका कोणसभाहरू हेरें,’ उनले भने, ‘एकले अर्काको विरोध गरेको पाइएन । राम्रो लाग्यो ।’
उम्मेदवारले एकअर्काको विरोध नगरे पनि बाहिरबाट चुनाव प्रचारमा आउनेहरूले भने चर्को आलोचना गर्ने गरेको उनले बताए । बाहिरबाट आउनेहरूले सामाजिक सद्भाव बिग्रनेगरी बोल्ने गरेको उनको गुनासो छ ।
उम्मेदवार मात्रै होइन मतदाता पनि शान्त छन् । इलाम नगरपालिका–११ स्थित प्रकाशपुरमा प्रकाश नेम्वाङको पसल छ । प्रकाशपुर गाउँमा पर्छ । यो क्षेत्रमा एउटा मात्रै पसल छ । पसलमा ग्राहकको आउजाउ बाक्लै हुन्छ । पसलमा फरकफरक पार्टीका कार्यकर्ता आउने गरेका छन् । तर, कसैले एकअर्काको विरोध गर्ने नगरेको उनले बताए ।
एमालेको विरोध गर्ने पार्टी नेकपा (एकीकृत समाजवादी)ले पनि अहिले कसैको विरोध गरेको छैन । एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । उनले पहिचानलाई मुख्य एजेन्डा बनाएका छन् ।
यी पनि पढ्नुहोस्
इलाम-२ उपचुनावः रास्वपालाई ‘सहकारी’ भारी, कांग्रेस-एमालेलाई 'मुढा'को चुनौती
इलाम-२ उपचुनाव: सहकारीका प्रश्नले घेरिन्छन् वाग्ले, तर्कीतर्की हिँड्छन् लामिछाने
इलामको चुनावी मैदानमा फरक देखिएका सुहाङ– बुवाकै शैली, मतदाता रिझाउने मिजास !
इलाम-२ उपनिर्वाचनः ‘मिसन ०८४’ हेरिरहेका दललाई आफ्नै शक्ति जाँच्ने अवसर
इलाम-२ उपचुनाव: प्रचारमा केन्द्रीय नेताको लर्को, नयाँ मतदाता अझै अन्योलमा
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...