माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
काठमाडाैं | बैशाख १४, २०८१
विश्वकै महँगो र आकर्षक क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)मा यसपालि रनको वर्षा भइरहेको छ । ब्याट्सम्यानले निर्मम ब्याटिङ गर्दै लगभग हरेक खेललाई चौका र छक्का प्रहारको प्रतियोगितामा परिणत गरिदिएका छन् । बलरहरू निराश र असहाय देखिन्छन् ।
टी–२० क्रिकेट कुन दिशामा जाँदैछ भन्ने प्रश्न उठिरहेको छ । आईपीएलमा ब्याट्सम्यानले एक खालको आतंक नै सिर्जना गरेका छन् । आईपीएलको ३९औं खेलसम्म ११९१ चौका र ६८६ छक्का प्रहार भइसकेका छन् । जबकि सन् २०२३ को आईपीएलमा २१७४ चौका र ११२४ छक्का प्रहार भएका थिए । यो वर्षको आईपीएल सिजनको करिब आधा बाँकी छ।
गत वर्षको कीर्तिमान यसपटक तोडिने लगभग निश्चित छ । आईपीएलको प्रारम्भिक चरणमा १५० देखि १६० सम्मको स्कोरलाई डिफेन्डेबल मानिन्थ्यो । तर, आज यो स्कोर बनाउने टोलीले १० मध्ये ८ खेलमा हार बेहोरेको छ ।
आज टी–२० खेलमा कुनै पनि टोलीले २०० वा सोभन्दा बढी रन बनाउनु सामान्य भइसकेको छ । गत मंगलबारसम्म खेलिएका ३९ खेलमा टोलीले १९ पटक २०० भन्दा बढीको आँकडा पार गरेका छन् । ९ खेलमा दुवै टोलीको संयुक्त स्कोर ४ सय नाघेको छ । दुई खेलमा कुल रन ५०० नाघेको थियो ।
त्यति मात्रै होइन । जारी आईपीएल सिजनमा प्रति ओभरको औसत रन रेट १० रहेको छ । यो सिजनमा हैदरावादको टोलीले एकपछि अर्को गर्दै धेरै कीर्तिमान बनाएको छ ।
दिल्ली क्यापिटल्स विरुद्धको आफ्नो पहिलो खेलमा हैदरावाद सनराइजका ब्याट्सम्यानले पावर प्लेमै १२५ रन बनाए । जुन यसअघि कहिल्यै भएको थिएन ।
हैदरावाद सनराइजले यो सिजन तीन पटक एक इनिङमा २५० भन्दा बढी रन बनाएको छ । रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध उनले २८७ रन बनायो, जुन आईपीएलमा सर्वाधिक स्कोरको कीर्तिमान हो ।
विस्फोटक ब्याटिङको कारण के हो ? पहिलो कारण समतल पिच हो । ओडीआई र टी–२० खेलको आधारभूत सिद्धान्त भनेको पिच बलरका लागि ‘खतरनाक’ नभई ब्याट्सम्यानका लागि उपयुक्त हुने हो । किनभने दर्शकले टी–२० खेलमा उत्कृष्ट प्रदर्शन हेर्न चाहन्छन् ।
यस्तो अवस्थामा ठूला शट खेल्नु सामान्य कुरा भइसकेको छ । फ्यान होस्, कमेन्टेटर होस् वा प्रायोजक, सबैले ब्याट्सम्यानबाट एउटै अपेक्षा राख्छन् ।
आईपीएलमा पिचहरूलाई सकेसम्म ब्याटिङमैत्री बनाइएको हुन्छ ।
ब्याट्सम्यानहरू पहिलेभन्दा धेरै फुर्तिलो, शक्तिशाली र सबैभन्दा महत्त्वपूर्ण जोखिम लिने भएका छन् । खासगरी टी–२० को प्रारम्भिक चरणमा करियर शुरू गर्ने ब्याट्सम्यानहरू ।
ब्याटिङ गर्दा बढी जोखिम मोल्छन् । विपक्षीलाई हराउन निकै खतरनाक ब्याटिङ गर्छन् ।
क्रिकेट ब्याट्सम्यानको खेल हो भन्ने पुरानो भनाइ छ । तर, अहिले क्रिकेटमा बल र ब्याटबीचको बढ्दो असन्तुलन टी–२० का लागि सही हो कि होइन भन्ने चर्को बहस चलिरहेको छ । यदि यी खेलहरू एकतर्फी भए मानिसहरूको चासो र खेलको रमाइलो समाप्त हुने कतिपयको विश्लेषण छ ।
अहिलेसम्म ९ वटा शतक
जारी आईपीएलमा अहिलेसम्म ९ वटा शतक बनेका छन् । जसमा राजस्थान रोयल्सबाट खेलिरहेका इङल्याण्डका जोस बटलरले २ शतक बनाएका छन् । उनले कोलकोताविरुद्ध १०७ र रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध १०० रन बनाएका थिए ।
त्यस्तै यस आईपीएलमा सनराइजर्सबाट खेलिरहेका अस्ट्रेलियाका ट्राभिस हेड, कोलकोताबाट खेलिरहेका वेस्ट इन्डिजका सुनिल नारायण तथा लखनउबाट खेलिरहेका अस्ट्रेलियाका मार्कस स्टोइनिशले शतक प्रहार गरेका छन् ।
त्यस्तै शतक बनाउने भारतीय खेलाडीमा चेन्नईका कप्तान रुतुराज गायकवाड, राजस्थानबाट खेलिरहेका यशस्वी जैसवाल, बैंगलुरुका विराट कोहली, मुम्बईका रोहित शर्माले एक एक शतक बनाएका छन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...