×

NMB BANK
NIC ASIA

संसदमा उठ्यो 'संविधानविरोधी' कुरा, मृत्युदण्डको कानून बनाउन कांग्रेसको माग !

साउन १३, २०७५

NTC
Premier Steels

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक सांसदले संसदमा मृत्युदण्ड दिने कानून बनाउन माग गरेकी छिन् । नेपालको संविधानमा मृत्युदण्डको कानून बनाउन नपाइने उल्लेख छ ।

Muktinath Bank

प्रतिनिधिसभाको आइतवारको बैठकमा नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले बलात्कारीलाई कारवाहीका लागि मृत्युदण्डको कानून आवश्यक भएको बताएकी हुन् । यद्यपि संविधानको धारा १६ को उपधारा २ मा कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून नबनाइने उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘७७ वर्षकी वृद्धादेखि साढे २ वर्षीया बालिका समेत बलात्कारको शिकार बनेका छन्,’ उनले भनिन्, ‘बलात्कारीलाई हदैसम्मको कारवाही गर्नुपर्छ । आज भारतमा पनि मृत्युदण्डको व्यवस्था छ, अमेरिकामा पनि मृत्युदण्डको व्यवस्था छ । कानून संशोधन गरेर, निर्माण गरेर मृत्युदण्डसम्मको कारवाही गर्नुपर्छ बलात्कारीलाई भन्ने जोडदार ढंगले माग गर्न चाहान्छु ।’


Advertisment
Nabil box
Kumari

उनले कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकाले दोषीमाथि कडा कारवाही गर्न माग गरिन् । बलात्कार भएपछि जनता आन्दोलित भएको र जनतामाथि लाठी बर्साएको उनले आरोप लगाइन् ।

Vianet communication

कांग्रेसकै भरत शाहले पनि बलात्कारका अपराधीलाई नेपालको कानूनले दिएको ठूलोभन्दा ठूलो कारवाहीको माग गरे । ‘भारतमा यस्ता केसमा मृत्युदण्डको प्रावधान छ । सरकारले अपराधीलाई कारवाही गर्न ढिलो नगरोस्,’ उनले भने ।

बीपीको नाममा पूर्वाग्रह ?

सांसद रेग्मीले चितवनको भरतपुरमा बीपी कोइरालाको नाममा खोलिएको अस्पतालमाथि बीपीको नाममा पूर्वाग्रह राखेर राजनीति गरिएको बताइन् ।

अस्पताल परिसरमा हजार बेडको अस्पताल बनाउन जग्गा नपुगेर नवलपरासीको गैडाकोटमा जग्गा लिइसकेको अवस्थामा भरतपुर नगरपालिकाले अस्पतालको जग्गा अन्य प्रयोजनमा दिन लागेको भन्दै विरोध गरिन् । 

बीपी कोइरालाको नाममा स्थापना गरिएको अस्पतालमा बीपीको नामलाई लिएर पूर्वाग्रह गरिएमा संसदमा आवाज उठाउने चेतावनी दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x