×

NMB BANK
NIC ASIA

गोधूलिको वार्षिकोत्सवका अवसरमा स्रष्टाहरू सम्मानित

बैशाख ८, २०७६

NTC
Premier Steels

काठमाडौं – गोधूलि साहित्य प्रतिष्ठानको ८ औं वार्षिकोत्सव, सम्मान अभिनन्दन समर्पण तथा भिक्तेपात्रो लोकार्पण कार्यक्रम शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।

Muktinath Bank

संस्थाका विशिष्ट सदस्य पशुपति गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्य र समाजसेवा क्षेत्रका तीन विशिष्ठ व्यक्तित्वहरुलाई अभिनन्दन गरियो भने ९ जना स्रष्टाहरुलाई सम्मान गरिएको छ । 
कार्यक्रममा पूर्व कुलपति नेपाल प्रज्ञा प्रतिष्ठान तिलविक्रम नेम्वाङ (बैरागी काईला), वरिष्ठ समाजसेवी विजय बहादुर माली र  कलाकार तथा समाजसेवी उर्मिला उपाध्याय गर्गलाई अभिनन्दन गरियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’, समाजसेवी तथा साहित्यकार सुना भण्डारी, समाजसेवी विष्णु पोखरेल, डम्बर बहादुर विश्वकर्मा, साहित्यकार हरिप्रसाद उप्रेती, देवकी अभिलाषी, गायक सन्तोष तामाङ, समाजसेवी प्रशान्तमान सिंह मास्के र संस्थाका आजीवन सदस्य शिरिष मानन्धरलाई सम्मान गरियो ।  


Advertisment
Nabil box
Kumari

सम्मानित तथा अभिनन्दित प्रतिभाहरुलाई प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बरिष्ठ साहित्यकार तील बिक्रम नेम्वाङ (बैरागी काईला)ले अभिनन्दन तथा सम्मान पत्र प्रदान गरे । 

Vianet communication

प्रतिष्ठानले प्रकाशित गरेको २०७६ सालको वार्षिक भित्ते पात्रो लोकार्पण गर्दै प्रमुख अतिथि बैरागी काइँलाले संस्थाले अनुकरणीय कार्य गरेको बताए । समाजसेवी तथा साहित्यकार सुश्री भद्रकुमारी घलेले अध्यक्ष प्रकाश समीरको एक्लो प्रयासले गोधूलि साहित्य प्रतिष्ठानले यो उचाई प्राप्त गर्न सफल भएको बताईन । 

त्यस्तै सभापति पशुपति गुरुङ भाषा, साहित्यको विकासले राष्ट्रलाई समृद्धिको मार्गमा अगाडि लैजाने विचार व्यक्त गरिन । संस्थाका अध्यक्ष प्रकाश समीरले संचालन गरेको कार्यक्रममा संस्थाका संरक्षक सदस्य रामभक्त खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x