×

NMB BANK
NIC ASIA

नृत्यबाट अभिनयमा छाएकी वर्षा : ‘हिजोआज ‘चूजी’ भएकी छु'

बैशाख २८, २०७६

NTC
Premier Steels

काठमाडौं – नृत्यबाट अभिनयमा आएकी नायिका हुन् वर्षा शिवाकोटी ।

Muktinath Bank

काठमाडौंमा जन्मे–हुर्केकी वर्षा सानैदेखि नृत्यमा रुचि राख्थिन् । पहिले स्कूल, पछि कलेजमा हुने सांगीतिक कार्यक्रममा उनले नृत्य गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो क्रममा नृत्य गरेर थुप्रै पुरस्कार समेत पाएको वर्षा बताउँछिन् । यद्यपि नृत्यमा क्षमतावान वर्षालाई कलेज अध्ययनताकासम्म पनि चलचित्रमा अभिनय गर्छु भन्ने लागेको थिएन । तर नृत्यमा अगाडि भएका कारण चलचित्र अभिनयको अवसर पाइन् ।


Advertisment
Nabil box
Kumari

वर्षाले अभिनय गरेको पहिलो चलचित्र हो – नाई नभन्नू ल २ । 

Vianet communication

नृत्य प्रतिभा देखेर चलचित्रमा प्रस्ताव आएको वर्षा बताउँछिन् । स्नातक दोस्रो वर्षमा अध्ययनरत थिइन् उनी । कलेजको कार्यक्रममा उनले नृत्य प्रस्तुत गरिन् । सोही कार्यक्रममा उनलाई चलचित्र खेल्ने प्रस्ताव गरियो । 

वर्षा सम्झिन्छिन्, ‘मेरो नृत्य र एक्प्रेसन पहिल्यैदेखि राम्रो थियो, त्यस्तो व्यक्तिले चलचित्रमा अभिनय गर्न सक्छ भनेर अफर गर्नुभयो ।’ वर्षाको परिवारको प्राथमिकतामा पढाइ पर्थ्यो । पढाइमा अब्बल नै थिइन् वर्षा । 
‘चलचित्रमा मेरो भूमिका छोटो र राम्रो थियो,’ वर्षा भन्छिन्, ‘त्यसैले परिवारलाई कन्भिन्स गराउन त्यति गाह्रो भएन ।’

‘नाई नभन्नू ल २’ लोकप्रिय भयो । छोटो तर महत्त्वपूर्ण भूमिकामा देखिएकी वर्षालाई दर्शकले बढी रुचाए । त्यसयता उनलाई अन्य चलचित्रबाट पनि प्रस्ताव आउन थाल्यो । तर उनले अभिनय गरिनन् ।

बरु थुप्रै म्युजिक भिडियोमा काम गरिन् ।

किन ? ‘चलचित्रमा काम गर्दा बढी समय दिनुपर्ने, पढाइ बिग्रने डर थियो । तर म्युजिक भिडियोको छायांकन भने दिनमै सकिने,’ वर्षाले सुनाइन्, ‘त्यसैले पनि २ वर्ष म्युजिक भिडियो बढी गरे ।’

वर्षालाई दोस्रो चलचित्र ‘पशुपति प्रसाद’ले बढी लोकप्रिय बनायो । ‘बोल्न नसक्ने केटी’को सानो तर महत्त्वपूर्ण भूमिकालाई उनले न्याय गरिन् । यो भूमिकापछि उनलाई अन्य थुप्रै चलचित्रमा नायिकाको भूमिकामा प्रस्ताव आयो । त्यसयता भने वर्षा म्युजिक भिडियोसँगै चलचित्रमा व्यस्त बनिन् ।

अहिले वर्षा म्युजिक भिडियो र चलचित्रमा छाएकी छिन् । झण्डै डेढ सय म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् उनले । 

उनले अभिनय गरेका थुपै्र चलचित्र प्रदर्शनमा आइसकेका छन् । ‘नाई नभन्नू ल २’ पश्चात् वर्षाका ‘पशुपति प्रशाद’, ‘लप्पन छप्पन’, ‘सुब्बा सा’प’, ‘कारखाना’, ‘भैरे’, ‘जय शम्भू’, ‘पुरानो बुलेट’ लगायतका चलचित्र प्रदर्शनमा आए ।

उनी अभिनित पछिल्लो चलचित्र ‘वीर विक्रम २’ भने आउँदो शुक्रवार अर्थात् जेठ ३ गतेबाट प्रदर्शनमा आउँदैछ । 

यतिधेरै चलचित्रमा अभिनय गरेपनि वर्षाका लोकप्रिय चलचित्रको संख्या भने ज्यादै न्यून छ ।

‘नाई नभन्नू ल २’ र ‘पशुपति प्रशाद’ मात्र उनका लोकप्रिय चलचित्र हुन् ।

रोचक कुरा के भने यी लोकप्रिय चलचित्रमा वर्षा निकै छोटो भूमिकामा छिन् । आफू अभिनित धेरै चलचित्र सफल नहुनुमा आफू पनि दोषी रहेको उनी स्वीकार्छिन् । 

उनको स्वीकारोक्ति छ – विगतमा मैले कथा पढ्दा एउटा हुने, सुटिङ सेटमा पुग्दा कथा परिवर्तन भइसक्ने खालका चलचित्रमा पनि काम गरें ।’ यी गल्तीबाट आफूले पाठ सिकेको बताउँछिन् उनी । 

‘अब भने ‘चूजी’ भएर राम्रो कथा, अनि ब्यानरको चलचित्रमा मात्र काम गर्ने सोंच लिएकी छुँ,’ वर्षा भन्छिन् । 

वर्षालाई धेरैले शालिन नायिका भन्छन् । धेरै नायिका यस्ता पनि छन् जो विवादमा आउन चाहन्छन्, विवादमा रमाउन चाहन्छन् । तर वर्षा विवादबाट टाढा रहन रुचाउने नायिकामा पर्छिन् ।

वर्षा भन्छिन्, ‘स्टन्टले होइन, कामले चर्चा होस् भन्ने चाहन्छु ।’ भूमिकालाई न्याय गर्नमा प्राण दिएर लाग्ने वर्षा बताउँछिन् । 

उनले ५ वर्ष बढी समय बिताइसकेकी छिन् कलाकारितामा । उनको सफलताबाट परिवार खुशी छ । वर्षा खुुशी नहुने कुरै भएन । कलाकारिताबाट पाएको पारिश्रमिकमा पनि वर्षा सन्तुष्ट देखिन्छिन् ।

उनी भन्छिन्, ‘मलाई कलाकारिताबाट परिवार पाल्नुपर्ने जिम्मेवारी छैन । आफूलाई पुगिरहेको छ । आफूले पाउने पारिश्रमिकबाट सन्तुष्ट छु ।’

वर्षा आफ्नो आउँदो चलचित्र ‘वीर विक्रम २’बाट निकै आशावादी देखिन्छिन् । राम्रो कथा अनि ब्यानरबाट ‘वीर विक्रम २’ बनेको कारण दर्शक निराश हुनु नपर्ने वर्षाको तर्क छ ।

तर रोचक कुरा त के छ भने जेठ ३ मा ‘वीर विक्रम २’ सँग अर्की वर्षा (राउत) को ‘जात्रै जात्रा’ पनि भिड्दैछ । यो भिडन्तमा कसले बाजी मार्छ ? हेर्न बाँकी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x