सन्यासपछि के गर्लान् महेन्द्रसिंह धोनी ? यस्तो छ उनको जवाफ

जेठ ९, २०७६

एजेन्सी- भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी आईसीसी विश्वकपपछि सन्यास लिने तरखरमा छन् । 

धोनीले सन्यास लिएपछि आफूले बनाएका केही चित्रहरूको प्रदर्शनी गर्ने हालै खुलासा गरेका छन् । 


ADVERTISEMENT

महेन्द्रसिंह धोनीले बाल्यकालदेखिको सपना सुनाउँदै क्रिकेटबाट सन्यास लिएपछि आफ्नो शोख पूरा गर्नतर्फ लाग्ने बताए ।

धोनीले आफ्ना केही पेन्टिङ प्रदर्शनी गर्दै एक भिडियोमा भनेका छन्, 'म तपाईंहरूलाई सबै गोप्य कुरा भन्न चाहन्छु, बच्चाबेला देखिनै एक चित्रकार बन्न चाहन्थे । मैले धेरै क्रिकेट खेलेँ । यसकारण मैले अबको समय पेन्टिङमा बिताउन चाहन्छु ।' 

उनको पहिलो पेन्टिङ प्राकृतिक दृश्यको छ । 

३७ वर्षीय धोनीको कप्तानीमा भारतले टी-ट्वान्टी र एक दिवसीय क्रिकेट विश्वकप जितेको थियो ।  

जेठ ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस