धोनीको अनुभवले कोहलीलाई विश्वकपमा फाइदा हुन्छ : यान्डी बिकेल

जेठ ७, २०७६

काठमाडौं – सन् २००३ मा अस्ट्रेलियाले विश्वकप जित्दा टीमका अलराउन्डर रहेका खेलाडी यान्डी बिकेलले महेन्द्र सिंह धोनीको अनुभवले इंग्ल्यान्डमा हुने विश्वकपमा भारतलाई फाइदा पुग्ने बताएका छन् । 

धोनीको शान्त स्वभाव समस्या परेको बेलामा असरदार साबित हुने बिकेलको भनाइ छ । भारतीय कप्तान विराट कोहलीले धोनीबाट निकै फाइदा उठाउन सक्ने बिकेल बताउँछन् । 


ADVERTISEMENT

भारतको तीव्र गतिको बलिङ आक्रमण बलियो रहेको र भारतीय टीमले बलरहरूको स्वास्थ्यमा ध्यान दिनुपर्ने किनकि यो प्रतियोगिता लामो हुने बिकेलले बताए ।

बिकेलले भने, ‘बीचका ओभरहरूमा केही परिवर्तन गर्नुपर्ने हुन्छ । त्यतिखेर कोहलीले बठ्याइँ देखाउनुपर्छ । यस्तो बेलामा कोहलीलाई धोनीले सहयोग गर्न सक्छन् । धोनी निकै अनुभवी छन् । उनी शान्त छन् । यो उनको अन्तिम विश्वकप हुन सक्छ । उनी भावुक नभइकन राम्रो प्रदर्शन गर्छन् जस्तो लाग्छ । आफ्नो सबै अनुभव उनले टीमको हितमा लगाउँछन् जस्तो लाग्छ । उनको र विराटको सम्बन्ध राम्रो छ ।’

बिकेलले थपे, ‘धोनीले कुनै पनि बलरविरुद्ध निश्चित ठाउामा चौका हान्न सक्छन् । यस अर्थमा उनी माइकल बेभन जस्तै छन् । धोनी हुन्जेल विराटले कुनै चिन्ता नलिइकन आफ्नो स्वाभाविक खेल देखाउन पाउँछन् ।’

एजेन्सी

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस