मालिक्नीले पिउने पानीमा पिसाब हाल्थ्यो कामदार, पर्‍यो पक्राउ

जेठ ७, २०७६

काठमाडौं – इन्डोनेसियाको न्यु टेरिटोरीजको एक अपार्टमेन्टमा ३७ वर्षीय घरेलु कामदारलाई पक्राउ गरिएको छ । मालिक्नीले पिउने पानीमा आफ्नो पिसाब मिसाउने गरेको आरोप उसमाथि लागेको छ । 

कामदार याऊ होङ हाउसको एक अपार्टमेन्टमा काम गर्थ्यो । 


ADVERTISEMENT

मालिक्नीले पानीको रंग अलिक फरक देखेपछि शंका गरिन् र सुँघिन् । अनि पो उनलाई त्यसमा पिसाबको गन्ध आयो । 

त्यस्तो पानी पिउँदा महिलाको स्वास्थ्य खराब भइरहेको थियो । 

महिलाका पतिले प्रहरीलाई बोलाए । प्रहरीले अनुसन्धान गर्दा कामदारले जानीजानी पानीलाई विषालु बनाउने कोशिश गरिरहेको पायो । 

एकतीस वर्षीया महिलालाई अस्पताल पठाइएको छ । 

कसैलाई हानि गर्ने उद्देश्यले खाना वा पानीमा विषालु पदार्थ मिसाउने अपराधका लागि तीन वर्षसम्मको सजाय हुन्छ । 

विगतमा पनि यस्ता अपराध कामदारहरूले गरेको घटना सार्वजनिक भइसकेका छन् ।

एजेन्सी
 

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस