×

NMB BANK
NIC ASIA

हावाबाट निकालिएको बिजुली प्रभावकारी

जेठ ७, २०७६

NTC
Premier Steels

पाल्पा- पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालमा सञ्चालित हावाबाट निकालिएको विद्युत् सेवा प्रभावकारी देखिएको छ । 

Muktinath Bank

शुरूमा कुरा सुन्दा हावादारी जस्तो लागे पनि अहिले बिजुली झलल बल्दा टुक्किको भरमा बस्नुभन्दा यही ठीक भएको स्थानीयले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाह्रै महिना निरन्तर हावा चलिरहने मित्यालमा एक हजार २०० वाट विद्युत् उत्पादन गरेर वडा कार्यालय, स्वास्थ्यचौकी र रुक्से भन्ज्याङ बजार क्षेत्रमा सेवा दिइएको छ । पिडा नेपाल, काठमाडौं अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिस देशको सामाजिक संस्थाको सहयोगमा मित्याल रुक्से भञ्याङ्मा पङ्खा राखेर विद्युत् सेवा दिइएको छ ।


Advertisment
Nabil box
Kumari

मित्याल वायु ऊर्जा तथा सौर्यऊर्जा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र सुनारीले हावाबाट बिजुलीले सेवा मात्र नभइ मानिसहरू अवलोकनका लागि आउने हुँदा आन्तरिक पर्यटकसमेत वृद्धि भएको बताए । विद्युत विस्तारका लागि फेरि २५ किलोवाट क्षमता वृद्धि गरिएको जानकारी दिँदै लगभग ९० प्रतिशत काम भएको जानकारी दिए । 

Vianet communication

विद्युत्‌सेवा थप भएपछि सो गाउँपालिकाको रुक्से भञ्जाङ, झ्याल्टुङ, मौलाथर, घुम्सिवर र मित्याल बजारमा विद्युत् वितरण गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत कृष्ण ग्रिल उद्योगले कामको ठेक्का लिएको र दुई करोडभन्दा बढी लागत लाग्नसक्ने अनुमानसमेत रहेको बताए ।

गाउँमा टुक्कीको भरमा जीवनयापन गरेका मित्यालका सर्वसाधारण नागरिक हावाबाट बिजुली निस्केपछि र सो सेवा पाएपछि दङ्ग छन् । बाक्लो मगर बस्ती रहेको उक्त डाँडामा राखिएका पङ्खा हावाबाट चल्छन् । 'सुन्दा पत्याएकै थिएनौं, हावाबाट पनि बिजुली आउँदो रहेछ, हामी त अचम्म पर्‍यौं,' स्थानीय सन्तवीर सुनारीले भने ।

वडा नं ४ का वडाका कार्यालय सहायक सहवीर खन्गाहाले हावाबाट उत्पादित बिजुलीका कारण कार्यालयको काम गर्न सजिलो भएको बताए । वडा कार्यालयको काम छिटोछरितो गर्नसमेत सहयोग पुगेको उनको भनाइ छ । बजार व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर सारूले भने, 'सबैले हावाबाट बिजुली निकाल्नु हावादारी गफ भन्थे, यहाँ प्रमाणित भएको छ, हामीले मज्जाले बत्ती बालेका छौं, बल्ल अहिले अचम्म मानेर मानिसहरु हेर्न आउने गरेका छन्, यसबाट आन्तरिक पर्यटन विकासमा समेत टेवा पुगेको छ ।'

बिजुलीबाट वडा कार्यालय र स्वास्थ्यचौकीमा कम्प्युटर, प्रिन्टर सञ्चालन गर्न तथा इन्टरनेट चलाउन र रुक्से भञ्ज्याङ बजारमा सात वटा बत्ती जडान गरिएका छन् । अहिलेसम्म मित्यालमा विद्युत्को केन्द्रीय प्रसारण लाइन भने पुगेको छैन । विद्युत् विस्तारका निम्ति गाउँपालिकाले ४० लाख विनियोजन गरेको छ । मित्यालवासीले करीब एक वर्षदेखि उक्त सेवा लिँदै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x