×

NMB BANK
NIC ASIA

प्रतिबन्धपछि विप्लवका ४२१ कार्यकर्ता पक्राउ, ५ सय ११ हतियार संकलन

जेठ १९, २०७६

NTC
Premier Steels

काठमाडौं– सरकारले प्रतिबन्ध लगाएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता धमाधम पक्राउ परिरहेका छन् ।

Muktinath Bank

सरकारले २०७५ साल फागुन २८ गते विप्लव समूहका क्रियाकलापमा प्रतिबन्ध लगाएपछिको ३ महिनाको अवधिमा ४ सयभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विप्लव समूहका क्रियाकलापमा प्रतिबन्ध लगाएपछि उनीहरूबाट ८ थान हरितयार जफत भएको सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दियो । 


Advertisment
Nabil box
Kumari

प्रतिबन्ध लग्नुअघि नै आपराधिक कार्यगरेको भन्दै २०७५ वैशाखदेखि फागुन ९ गतेसम्म १ सय ९० जना कार्यकर्तालाई पक्राउ परेका थिए । 

Vianet communication

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेकामध्ये १ सय ७२ जनालाई मुद्दा दायर गरिएको थियो । फागुन २८ गते विप्लव समूहका क्रियाकलापमा प्रतिबन्ध लगाएपछि जेष्ठ १५ गतेसम्म देशैभरिबाट ४ सय २१ जना कार्यकर्ता पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल लोकान्तरलाई जानकारी दिए । 

‘पक्राउ परेकामध्ये पूर्पक्षका लागि ६७ जनालाई कारागार चलान गरिएको छ, भने ८९ जना अनुसन्धानका क्रममा रहेका छन्,’ पोखरेलले लोकान्तरसँग भने ।  

अहिलेसम्म ३ सय ८४ वटा मुद्दा दर्ता भएको छ, भने २ सय २९ लाई मुद्दा लागेर पनि छुटेका छन् । यस्तै समान्य सोधपुछपछि ३६ जनालाई छाडिएको प्रहरीले जनाएको छ । 

यसक्रममा विप्लवको पार्टी छाडेर सत्तारुढ नेकपामा प्रवेश गर्नेको लर्को देखिएको छ । आइतवार मात्र विप्लव समूहका पोलिटव्युरो सदस्य समेत रहेका पूर्व सांसद पदम राई नेकपा प्रवेश गरेका थिए । 

कतिको भयो मृत्यु ?

भोजपुरमा गत जेठ ८ गते प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहोरो झडप हुँदा विप्लव समूहका कार्यकर्ता ३२ वर्षका तीर्थराज घिमिरे मृत्यु भयो । 

काठमाडौंमा गत जेठ १२ गते बेलुका ४ः१५ बजेको समयमा बनाउँदै गरेको बम विस्फोट हुँदा सुकेधारमा कालिकोटका २७ वर्षीय दीपेन विक, बबई गाउँपालिका–३ दाङका ३३ वर्षीय गोकुल राना मगर र ४५ वर्षका निरन्तर मल्लको मृत्यु भयो । सोही समयमा काठमाडौंको अनामनगरमा प्रज्ज्वल शाहीको मृत्यु भयो ।

विप्लव समूहले गराएको विस्फोटमा परी ललितपुरको नख्खुमा एक सर्वसाधारणको मृत्यु भएको थियो । विभिन्न ठाउँमा भएका विस्पmोटका घटनामा ७ जना घाइते भएका छन् । 

कति बरामद भएका हतियार ?

विप्लव समूहका क्रियाकलापमा प्रतिबन्ध लगाइसकेपछि उनीहरूबाट साना/ठूला गरी ८ वटा हतियार बरामद भएको प्रहरीले जनाएको छ ।

एसएमजी २ वटा, टाइप ५४ पेस्तोल १ वटा, कटुवा पेस्तोल १ वटा र युएसए पेस्तोल १ वटा गरी ५ वटा साना हतियार बरामद भएको छ ।

यस्तै ए.एम. १६–ए २ हतियार १, एलएमजी राइफल १ नाल र ३०३ राइफल १ थान गरी ३ वटा ठूला हतियार बरामद भएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म विप्लवका कार्यकर्ताबाट प्रहरीले २ सय २७ राउन्ड गोली बरामद गरेको छ । 

यस्तै १ सय १३ स्थानमा विप्लवका कार्यकर्ताले विस्फोटक पदार्थ राखेका छन् । त्यसमध्ये काठमाडौं, भोजपुरलगायतका स्थानमा गरी अहिलेसम्म १८ वटा विस्फोटका घटना भएका छन् ।

९४ स्थानमा राखिएका बमलाई प्रहरी तथा नेपाली सेनाले निस्क्रिय पारेको छ । प्रहरीको तथ्यांकअनुसार विप्लव समूहले हालसम्म १० स्थानमा आगजनी तथा तोडफोड गरेको छ ।

गृहको आह्वानपछि कतिले बुझाए हतियार ?

विप्लव समूहका क्रियाकलापलाई प्रतिबन्ध लगाएलगत्तै गृह मन्त्रालयले २०७५ फागुन ३० गते हातहतियार बुझाउन ३५ दिने सूचना जारी गरेको थियो ।

गृहको सूचनापछि ५ सय ११ वटा हतियार संकलन भएको प्रहरीले जनाएको छ।

३५ दिने सूचनापछि अहिलेसम्म ५ सय ११ वटा हातहतियार प्रहरीमा संकलन भएको छ ।

जसध्ये १ सय ८९ वटा अवैध हातहतियार छन् भने ३ सय २२ वटा हातहतियार वैध छन् ।

गृह मन्त्रालयले हातहतियार बुझाउन गरेको अवाह्नपछि अवैध ५ सय र वैध ४ सय ९३ राउन्ड गोली समेत गरी ९ सय ९३ राउन्ड गोली बुझाएको प्रहरी प्रधान कार्यलयको तथ्यांकले देखाउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x