माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
काठमाडौं – सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलव वृद्धि गरेको छ ।
गत बुधवार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले राजपत्रांकित श्रेणीको १८ प्रतिशत र राजपत्रअनकिंत कर्मचारीको तलब २० प्रतिशतले वृद्धि गरेको हो ।
कर्मचारीको तलब वृद्धिसँगै विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् । कर्मचारीको तलब वृद्धिलाई कसैले राज्यमाथिको आर्थिक भारका रुपमा अथ्र्याएका छन् भने कसैले बढेको तलबले समेत कर्मचारीलाई नपुग्ने टिप्पणी गरिरहेका छन् ।
कर्मचारीको तलब वृद्धिको विषयलाई प्रशासनविद्ले कुन रुपमा लिएका छन् ? राज्यमाथि आर्थिक भार पर्ला वा अझै तलब बढाउनुपर्थ्यो ? यिनै विषयमा लोकान्तरले प्रशासनविद् विमल कोइराला र भीमदेव भट्टको प्रतिक्रिया लिएको छ । प्रस्तुत छ प्रतिक्रियामा भावांश :-
विमल कोइराला
प्रशासनविद् एवं पूर्व मुख्यसचिव
३ वर्षदेखि तलब बढेको थिएन । तलब बढ्ने कुरा ठीकै हो । बढी मात्रामा बढेको भएपनि झन् राम्रो हुन्थ्यो तर कर्मचारीको तलब बढेपनि मलाई चिन्ता चाहिँ के कुरामा लागेको छ भने त्यो पैसा जुटाउनलाई सुधारका कार्यक्रम ल्याउन सकेको भए हुन्थ्यो ।
सुधारका कार्यक्रम नआएकाले वित्त व्यवस्थापनमा चाहिँ अप्ठ्यारो पर्छ कि भन्ने हो । सुधारका कार्यक्रम भन्नाले जस्तैः कर्मचारीको संख्या कटौती, मन्त्रालय कटौती, सरकारले अब मोटर नकिन्ने भनेर निश्चित समयसम्म मोटरमा निकासा नगर्ने, विदेश भ्रमण रोक लाउने लगायतका हुनुपर्थ्यो । त्यसबाट जुन बचत हुन्थ्यो, त्यो बचतबाट कर्मचारीको तलबमा पर्ने व्ययभारलाई चाहिँ व्यवस्थापन गर्न सकिन्थ्यो । त्यस्तो नगर्दाखेरी सोझै वित्त व्यवस्थापनमा असर गर्ने भयो । एउटा त्यो चिन्ताको विषय भो । तलब त जति बढाएपनि दक्षिण एसियामा हाम्रो कमै छ ।
भीमदेव भट्ट
प्रशासनविद्
राष्ट्र बैंकको मूल्यनीति र ३ वर्षको बजार मूल्यलाई समेत ध्यानमा राखेर तलब बढाउने भन्ने कुरा निजामती सेवा ऐनमा छ । त्यसमा धेरै असन्तोष गर्नुपर्ने कुरा थिएन । बढाउन त जति बढाए नि हुन्थ्यो ।
कतिपयले कर्मचारीको तलब यसको दोब्बर गराउनुपर्थ्यो भनेर पनि भन्दै छन् । त्यस्तो त भन्न मिलेन । कर्मचारी काम गर्नलाई चाहिन्छ नै । संस्थाहरू, संगठनहरू विस्तार गरेपछि कर्मचारी त्यहीँ अनुसार चाहिन्छ । पोहोर साल नै गर्नुपर्ने कुरा अहिले गरिएको छ, यसलाई सम्मान गर्नुपर्छ ।
तलब बढेर भ्रष्टाचार रोक्ने होइन । यसमा माथिल्लो तहबाट नै आर्थिक अनुशासन पालना गर्नुपर्ने हुन्छ । यसका लागि मान्छेलाई जवाफदेही गर्ने र अनि भ्रष्टाचारमा संलग्न भएका कर्मचारीलाई अलि छिटोछरितो कारवाही गर्नुपर्ने प्रक्रिया अवलम्बन गर्नुपर्छ ।
भ्रष्टाचारमा संलग्न एउटा मान्छेहरूको समूह नै छ । त्यो समूह भ्रष्टाचारमा उद्यत भएको देखिन्छ । केही कर्मचारी छन् । कार्यालयमा जाने त्यहाँबाट कमाउधन्दा गर्ने, विकृत छन् । त्यसकारण भ्रष्टाचारको निर्मूल गर्नका लागि भिन्नै कदम चाल्नुपर्छ । कर्मचारीको तलबले महंगी बढ्छ, यसो त्यसो भन्छन् । हिजो तलब नबढ्दा पनि बजार भाउ त बढेकै थियो नि ! बजार भाउ अरु विभिन्न कारणले पनि बढ्ने हुन्छ । त्यसकारण अहिलेको कदम समसायिक छ, यसलाई सम्मान नै गर्नुपर्छ । आलोचना गर्ने ठाउँ छैन ।
बढ्न त तलब जति दिएपनि राम्रै हुन्थ्यो त्यो आफ्नो ठाउँमा छ तर सरकारले पनि त धान्नुपर्यो । अन्य कर्मचारी विदेश भ्रमणका कुरा छन्, त्यसमा कमी गर्नुपर्छ । अनावश्यक विदेश भ्रमण रोक्नुपर्छ । राजस्वमा भर पर्ने गरेर विदेश जानु राम्रो होइन तर विदेश जानुको केही सकारात्मक पक्ष पनि छन् । धेरै कुरा सिकेर आइन्छ । त्यसमा एउटै व्यक्तिलाई दोहोर्याएर तेहेर्याएर विदेश जाने कुरालाई व्यवस्थित गरेर अघि बढ्नुपर्छ ।
स्वदेशमै बसरे पनि मान्छेले नयाँ कुरा सिक्ने अवसर पाउँदैनन् । अनावश्यक किसिमले जाने र राज्यलाई थप भार पर्ने हिसाबले जानु हुँदैन । एउटै मान्छेले धेरैचोटी जाने र अरुले मौका नै नपाउनेजस्ता कुरा नियन्त्रण गर्नुपर्ने हुन्छ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...