पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
धनगढी – आवधिक आमनिर्वाचन आउन पूरै साढे ३ वर्ष बाँकी छ तर राजनीतिक दलका शीर्ष नेताहरूको सुदूरपश्चिममा निर्वाचनझै देखिने दौडधुप शुरू भइसकेको छ ।
चाहे नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवा हुन्, चाहे विवेकशील साझा पार्टीका रविन्द्र मिश्र ।
तत्कालीन नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई तथा उनकी पत्नी हिसिला यमीको सुदूरपश्चिम बसाई पनि कम छैन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकीकरण गरी समाजवादी पार्टी नेपाल गठन गरेका भट्टराई आजभोलि झनै कस्सिएका छन् ।
लोकतन्त्रमा लोकमत मापन गर्ने वैधानिक प्रक्रिया निर्वाचन हो । जसले राजनीतिक दलको लोकप्रियताको क्रम निर्धारण गर्छ । २०७४ सालको आमनिर्वाचनमा मुलुकको अन्य क्षेत्रझै सुदूरपश्चिम प्रदेशमा पनि नेकपाले कब्जा गर्यो । दोसो र तेस्रो क्रममा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले चित्त बुझाए ।
निर्वाचनमा आफ्नो किल्ला सुरक्षित गर्न नसकेको डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम अहिलेदेखि नै लिगलिग दौडमा धावकले घुुँडामा तेलले मसाज गरेझै कस्सिएका छन् ।
नसेलाएको थरुहट मुद्दा
सुदूरपश्चिमको राजधानी रहेको जिल्ला कैलाली र कञ्चनपुर थारु बाहुल क्षेत्र हो । हरेक निर्वाचनमा राजनीतिक दलको वक्रदृष्टि थारु समुदायमाथि नै रहन्छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धताका ठूलो संख्यामा थारु समुदायका व्यक्तिले सहादत प्राप्त गर्नुले पनि पुष्ट्याइँ गर्छ । अन्ततः थारुवान मुद्दा उचालेको तत्कालीन माओवादीको भोट माग्ने कचौरा नै थारुवान स्वायत्त प्रदेश थियो । उही थारुवान तथा थरुहट भावनाकै जगमा गएको २०६४ सालको आमनिर्वाचनमा पनि माओवादीले आफ्नो साख सुुरक्षित गर्यो ।
२०७२ ताका यस क्षेत्रमा भएको २ परस्पर विरोधी अखण्ड सुदूरपश्चिम र थरुहट/थारुवान आन्दोलन उत्कर्षमा पुग्यो । थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा भदौं ७ गते १ नाबालकसहित ८ जना प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घट्यो । त्यसको भोलिपल्ट कर्फ्यू जारी गरेकै अवस्थामा करीब ८० जनाको हाराहारीमा थारु समुदायका व्यक्तिका घर, पसल, एफएममा छानीछानी आगजनी भयो ।
असोज २ गते नयाँ संविधान जारी भयो । मुलुकमा मौजुदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सुदूरपश्चिम प्रदेश सहितको ७ वटा प्रादेशिक संरचना लागू भयो । यहाँसम्मको राजनीतिक परिवर्तनले अलग्गै पहिचान सहितको प्रादेशिक संरचनाको लागि लडाइँ लड्दै आएकाको लागि त्योभन्दा विडम्बना के होला ? टीकापुुर घटनापछि राज्यको दमन थारु केन्द्रीत भयो । थारु नेताहरूसहित २७ जना गिरफ्तारीमा परे । जसले क्रमशः थारु आन्दोलनमा शिथिलता आयो ।
हाल त्यही थरुहट मुद्दा र शिथिलतामा थारु आन्दोलन गाँजिएको हो । त्यसैमा राजनीतिक खेल भइरहेका छन् । थरुहट भावनाकै कारण २०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टीले केही स्थानमा बाजी मार्यो ।
यद्यपि त्यही भावनालाई आधार बनाई अगाडि बढेका उपेन्द्र यादवको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्तिले हावा खायो । हाल एकीकरण भइसकेपछि भट्टराई र यादवले त्यही थरुहट क्षेत्र राजपाको किल्लामा आफ्नो झण्डा गाड्ने दौड थालेका छन् ।
टीकापुरमा ‘अराजक भाषण’ गरेयता जेठ २१ गते दोस्रो पटक मात्रै कैलाली छिरेका नेता यादवले टीकापुरलाई खुुब सम्झे । कैलाली–कञ्चनपुर जिल्लास्थित थारु अगुुवासँग छुट्टै भेटघाटको क्रममा नेता यादवले भने, ‘थरुहट आन्दोलनमा मेरो पनि संलग्नता छ । टीकापुर घटनाभन्दा केही दिन पहिले आउँदा राजमार्गको बाटोमा अवरोध हुँदा जंगलको बाटो भएर भागेका थियौं । यो मुद्दासँगको हाम्रो सरोकार हिजो पनि थियो । आज पनि छ । भोलि पनि रहिरहने छ ।’
१० जोड १ को प्रादेशिक संरचनामा मत संकलन र थारु अगुवाको मनसुवा बुझ्न पुगेका यादवले खुलेरै भने, ‘हाम्रो अडान १० प्लस १ मा नै छ । वैज्ञानिक छ । धेरै समस्याको हल यसैबाट हुन्छ । फेरि पनि तराई मधेशमा यसैको लागि आन्दोलन हुने मैले सम्भावना देखेको छु । तपाई एकजुट हुनुस् ।’
उसैपनि आफ्नो प्रधानमन्त्री कालमा टीकापुरस्थित मुक्तकमैया बस्तीका पूर्वकमैया बाबुराम चौधरीको घरमा बास बसेका डा. भट्टराईले यादवको भनाईको होस्टेमा हैसै मिलाए ।
मिल्ने, न मिले निल्ने
राष्ट्रिय जनता पार्टीभित्रै किचलो छ । जसको असर कैलालीमा बेलाबखत प्रदर्शन हुँदै आएको छ । २ जना मात्रै प्रदेश सांसद रहेकाबीच पनि कुरो नमिल्दा हालसम्म संसदीय दलको नेताको टुंगो लागेको छैन । जसको कमजोरीको फाइदा उठाउन हालको समाजवादी पार्टी कस्सिएको छ ।
तराई केन्द्रीत दल धुव्रीकरणको लहर पनि नचलेको होइन । समाजवादीको शक्ति सञ्चयले हाल राष्ट्रिय जनता पार्टी बिच्किएको छ । जसको असर कैलाली कञ्चनपुरमा पोखियो । फलतः अध्यक्षद्वय यादव र डा. भट्टराई नेतृत्वको समाजवादी पार्टीले राजपासँग मिले मिल्ने, नमिले निल्ने रणनीतिमा लागेको स्रोतको दावी छ ।
तराई मधेश केन्द्रीत दलको धुव्रीकरणले आउँदो निर्वाचनमा हालको सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई भारी हुने निश्चित छ । जसको ज्वलन्त उदाहरण रेशमलाल चौधरीको सर्वाधिक बहुमतको जीत पनि हो ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...