लागूऔषध नियन्त्रणबारे देशभरका स्थानीय तहलाई निर्देशन

जेठ ३०, २०७६

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागूऔषध विरुद्धको एकाइ गठन गर्न निर्देशन दिएको छ । 

गृह मन्त्रालयको अनुरोधमा संघीय मन्त्रालयले स्थानीय तहका प्रत्येक विद्यालयमा एकाइ गठन गर्न निर्देशन दिएको स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिए ।


ADVERTISEMENT

मन्त्रालयले लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आगामी असार ११ गते प्रत्येक विद्यालयमा एकाइ गठन गर्न निर्देशन दिएको हो ।

दिवस नेपालसहित विश्वभर मनाइन्छ । लागूऔषधको दुव्र्यसनबाट बालबालिका र युवा बढी प्रभावित हुने भएकाले लागुऔषधविरुद्ध जनचेतना जगाउन आवश्यक रहेकाले प्रत्येक विद्यालयमा एकाइ गठन गर्न थालिएको उनले बताए ।

सरकारले दिवस आगामी असार ६ देखि ११ गतेसम्म मनाउने निर्णय गरेको छ ।

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस