हवाई आक्रमणमा ११ लडाकू मारिए

जेठ ३०, २०७६

लासकार घा– अफगानिस्तानका दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरेको हवाई कारवाहीको क्रममा ११ जना मारिएका सेनाद्वारा बिहीवार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 

स्थानीय समयानुसार बुधवार अपराह्नमा गरिएको यस हवाई कारवाहीमा केही संख्यामा तालिवान लडाकू घाइते हुनुका साथै ती लडाकू लुकेर बसेका बासस्थान ध्वस्त पारिएको छ । 


ADVERTISEMENT

यस कारवाहीको क्रममा सर्वसाधारण र सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको विज्ञप्तिमा उल्लेख छ । हेल्मण्ड प्रान्तका केही भागमा सक्रिय रहेका तालिवान लडाकू समूहले भने यस कारवाही कुनै पनि टिप्पणी गरेको छैन । 

यसैबीच अफगानिस्तानको कान्दाहार प्रान्तमा २० तालिवान लडाकू पक्राउ परेका छन् । अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्त १० दिनयता ती २० लडाकू पक्राउ परेका गुप्तचर निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पक्राउ परेका यी सबै तालिवान लडाकू सरकार विरोधी हिंसात्मक क्रियाकलापहरूमा सहभागी रहँदै आएका छन् ।

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस