मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडौं – कुनै बेला नेपाली राजनीतिको केन्द्र मानिने पूर्व माओवादी हेडक्वार्टर पेरिसडाँडा अहिले सुनसान र खल्लो छ । भीडका कारण सवारी पार्किङ गर्नै नसकिने पेरिसडाँडाको परिसरमा बुधवार २ वटा मोटरसाइकल देखिए ।
सधैं व्यस्त रहने पार्टी कार्यालय छिर्नुअघिको दायाँपट्टिको खाजाघरमा १ जना पनि ग्राहक छैनन् । ३५ जनाभन्दा बढी बस्न मिल्ने गरी टेबल–कुर्सी राखिएको खाजाघरकी सञ्चालिका ग्राहक नभएपछि भित्रको कोठामा सुतिरहेकी छिन् ।
बुधवार लोकान्तरकर्मी पुग्दा पेरिसडाँडा सुनसान भेटियो । कार्यालयका सुरक्षार्थ खटिएका केही सुरक्षाकर्मी गेटमा गफ गरिरहेका थिए, परिसर शून्य थियो । पार्टी कार्यालयका प्रायः सबै ढोका बन्द देखिन्थे । तत्कालीन वाइसीएलको कार्यालय खाली थियो, त्यसभन्दा माथिल्लो तलामा रहेको पुस्तकालयको ढोकामा ताला ठोकेको थियो ।
कार्यालय छिर्नेबित्तिकै तल्लो तलामा रहेको ‘रिसेप्सन’मा कार्यालय कर्मचारी विक्रम थापा भेटिए । उनीसँगै अर्का कार्यालय सहयोगी सञ्जीव थिए । ‘सुनसान’ कार्यालयमा मोबाइल चलाइरहेको अवस्थामा भेटिएका थापा कुनै बेला उदयपुर जिल्लामा विद्यार्थीको राजनीति गरेका रहेछन् । पछि कार्यालयमा काम गर्ने भएपछि उनको जिल्लाको राजनीति सकियो ।
‘कार्यालयको कर्मचारी हुनुहुँदो रहेछ, तलब त पाउनुहुन्छ नि ?’ भन्ने प्रश्नमा थापाले भने, ‘यत्तिकै त कसरी गर्नु ? सरकारी स्केल अनुसारको आउँछ । खर्च चलेको छ ।’
विराटनगरका पशुपति नेपाल पनि ‘रिसेप्सन’ कोठामै थिए । उनी तत्कालीन माओवादीको बुद्धिजीवी संगठनमा रहेछन् । केही दिनअघि काठमाडौं आएका नेपाल पेरिसडाँडा पहिलेजस्तो नरहेको बताउँछन् । यद्यपि एकतापछि बनेको नयाँ र ठूलो पार्टीमा उनको ठूलो भरोसा छ । उनी भन्छन्, ‘एकीकृत पार्टीको सरकारले आशा देखाएको छ । हामीलाई ‘भोलि’ देखाएको छ । त्यसैले अहिलेसम्म पनि हामी पार्टीभित्र जीवितै छौं । हाम्रा कारणले पार्टी जीवित छ ।’
पशुपतिका वैचारिक राजनीति र दर्शनका कुराले उनी बुद्धिजीवी संगठनमा छन् कि छैनन् भनेर थप पुष्टि गर्नुपर्ने आवश्यकता रहेन । अहिले नेकपाको बुद्धिजीवी संगठनको पनि एकीकरण भइसकेको छ ।
कार्यालय भवनको भर्याङको दायाँबायाँ भित्तामा जनयुद्ध झल्काउने केही पेन्टिङ देखिन्छन् । तीसँगै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हात उठाएको ठूलो पेन्टिङ झुण्डिएको छ । रातो पृष्ठभूमिमा सजिएको प्रचण्डले हात हल्लाइरहेको पेन्टिङ सजीव र ज्वलन्त देखिन्छ । कार्यालय छिर्ने प्रचण्डका धेरै अनुयायी त्यो पेन्टिङ देखेर धेरैबेर टक्क अडिएको हुनुपर्छ ।
पहिलो तलाको देब्रेपट्टि कार्यालय सचिव श्रीराम ढकालको कार्यकक्ष छ तर कार्यकक्षमा ढकाल भेटिएनन् । बत्ती निभेका छन्, बाहिरको उज्यालो छिरेको छैन । अँध्यारोजस्तो लागेपनि मोबाइलको लाइट नै बाल्नुपर्ने स्थिति पनि थिएन । दायाँपट्टिभित्र छिर्न खोज्दा पहिलो ढोकामा महासचिव विष्णु पौडेलको ‘नेम प्लेट’ भेटियो । नेमप्लेटमा ‘बाहिर’ लेखिएको थियो तर पार्टी एकीकरणपछि पौडेल पेरिसडाँडामा जम्माजम्मी आधादर्जन पटक आएको कर्मचारीले सुनाए ।
अझै अघि जाँदा लेखाको कार्यालय छ । १ जना लेखाका कर्मचारी भेटिए । कम्प्युटर कोठामा कार्यालय सचिव ढकाल केही काममा व्यस्त थिए । उनीसँग बोल्ने फुर्सद पनि थिएन । ‘पछि कुरा गरौंला,’ उनले भने ।
ओली जम्मा एकपटक मात्र आए !
कार्यालयको दोस्रो ताला सुनसान छ । त्यहाँ कोही भेटिएनन् । दोस्रो तलामै अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीको कार्यकक्ष छ । दुवै कार्यकक्षको ढोकामा टाँसिएको नेमप्लेटमा ‘बाहिर’ लेखिएको छ । रिसेप्सनमा भेटिएका सञ्जीवले अध्यक्ष ओली जम्मा एकपटक पेरिसडाँडा आएको बताए ।
२०७५ सालको जेठ ३ गते पार्टी एकीकरण भएपछि त्यसको भोलिपल्ट अध्यक्ष ओली पेरिसडाँडा पुगेका थिए । उनलाई स्वागत गर्न पूर्व माओवादी कार्यकर्ताको भीड थियो । एकीकरणअघि ओलीलाई सामाजिक सञ्जालमा सत्तोसराप गर्नेहरू पनि प्रशस्तै उपस्थित थिए ।
तर कार्यालय सचिव ढकालले भने ओली २/३ पटक आएको तर आफूले मिति नसम्झेको बताउँछन् । यद्यपि पहिलोपटक जेठ ४ गते पेरिसडाँडा पुगेर शहीदको स्मारकमा माल्यार्पण गरेका ओली दोस्रोपटक गए कि गएनन् भन्ने विषय सञ्चारमाध्यमले पनि बाहिर ल्याएका छैनन् ।
ढकाल भन्छन्, ‘पूर्व एमालेका नेतामध्ये माधवकुमार नेपाल सबैभन्दा धेरै आउनुभएको छ, झलनाथ खनाल, वामदेव गौतम र अन्य नेताहरू पनि पटक–पटक आउनुभएको छ । ईश्वर पोखरेल १–२ पटक आउनुभएको छ भने प्रचण्ड त कतिपटक आउनुभयो भन्ने गनेर साध्य छैन ।’ पेरिसडाँडामा प्रायः भेटिने नेतामध्ये मणी थापा पनि एक हुन् तर बुधवार उनी थिएनन् ।
कार्यालय सहयोगी शुशीलाको मिठो चिया
कार्यालय सचिव ढकालको कोठामा बसिरहेका लोकान्तरकर्मीलाई चिया लिएर आइन् सुशीला । उनको पूरा नाम शुशीला रोका हो । उनी काठमाडौंको साँखु बस्छिन् । उनको काम कार्यालयमा आउने नेता कार्यकर्ताका लागि चिया बनाउनु हो । २०६६ सालमा पार्टी कार्यालय बुद्धनगरबाट पेरिसडाँडामा सरेपछि पनि सुशिला कार्यालय सहयोगी छिन् ।
आजकल पहिलाजस्तो कामको धपेडी छैन सुशीलालाई । उनले धेरै कमरेडलाई चिया पिलाइन् । उनले चिया पिलाएकामध्ये कतिपयले पार्टी छोडिसके । २०६९ सालदेखि मोहन वैद्य कमरेड पेरिसडाँडा आउन छाडे । नेत्रविक्रम चन्दले पेरिसडाँडा बिर्सिए, सीपी गजुरेल गायव भए । २०७२ सालमा संविधान बनेदेखि बाबुराम आउन छाडे ।
‘कस–कसलाई सम्झिनुहुन्छ ?’ भन्ने प्रश्नमा शुशिला भन्छिन्, ‘सम्झिन त सबैलाई सम्झिन्छु नि ! तर उहाँहरूले बिर्सिनुभयो ।’ सुशीलाका पति निश्चल पनि पेरिसडाँडामै यताउता गरिरहेका देखिन्छन् । निश्चल रोका पूर्व माओवादीका लडाकु र जनआन्दोलनका घाइते हुन् । निश्चल पनि कार्यालय सहयोगीका रूपमा पेरिसडाँडामै काम गरिरहेका छन् ।
त्यो शक्तिशाली पेरिसडाँडा ...
कुनै बेला राजनीतिको केन्द्र बन्ने गर्दथ्यो पेरिसडाँडा । पेरिसडाँडामा बैठक बस्ने सूचना पाएपछि पत्रकारको भीड लाग्थ्यो । पेरिसडाँडामा बसेको बैठकले के निर्णय गर्ने हो, देशभरि हल्लाखल्लाको विषय बन्थ्यो । तत्कालीन कांग्रेस, एमाले लगायत अन्य पार्टी पेरिसडाँडामा के निर्णय हुन्छ, त्यसअनुसार धारणा बनाउने गर्दथे ।
पार्टी नेता कार्यकर्ता यतिधेरै जम्मा हुन्थे कि उभिने ठाउँ पनि पाउन गाह्रो थियो । २०६६ सालदेखि तत्कालीन माओवादीले पेरिसडाँडामा आफ्नो कार्यालय स्थापना गरेको थियो । २०६६ देखि २०७५ सम्म पेरिसडाँडाले धेरै भीड देख्यो । धेरै नेता कार्यकर्ताको अनुहार देख्यो तर जब २०७५ सालको जेठमा तत्कालीन एमालेसँग पार्टी एकीकरण भयो, त्यतिबेलादेखि नेता कार्यकर्ता पेरिसडाँडा जान छोडे, सुनसान र बिरानो बनाए ।
आजकल पेरिसडाँडामा हुने निर्णय खुमलटारबाट हुन्छ । पहुँच हुनेहरू बालुवाटार छिर्छन् । मन्त्री भेट्न सिंहदरबार छिर्छन् । धेरै नेतालाई पेरिसडाँडाले पद र शक्तिमा पुर्यायो तर नेताले बिस्तारै–बिस्तारै पेरिसडाँडा बिर्सिरहेका छन् ।
आफ्नै पार्टीका नेतालाई मात्र पेरिसडाँडाले पद र शक्तिमा पुर्याएन, पहिलो संविधान सभामा दुवै ठाउँबाट चुनाव हारेमा तत्कालीन एमालेका माधवकुमार नेपाललाई मनोनित सभासद् बनाउने निर्णय पनि पेरिसडाँडामै भएको थियो । उनी प्रचण्डपछि प्रधानमन्त्री बने । नेता नेपालजस्तै पेरिसडाँडाको निर्णयमा प्रधानमन्त्री बन्ने थुप्रै छन् ।
प्रचण्डले देशको राजनीतिमा महत्त्व राख्ने जति पनि निर्णय लिए, सबै पेरिसडाँडाबाट लिएका हुन् तर अहिले प्रचण्डको ‘अड्डा’ परिवर्तन भएको छ । पार्टीका महत्त्वपूर्ण निर्णय लिन अध्यक्ष प्रचण्ड र ओलीले बालुवाटार रोज्ने गर्छन् । भेटघाटका लागि नेता कार्यकर्ताहरू र विदेशी कूटनीतिक व्यक्तिलाई पनि आ–आफ्ना निवासमा बोलाउँछन् । आफू कसैलाई भेट्न जानुपर्यो भने पाँचतारे होटेल रोज्छन् ।
कुनैबेलाको ‘शक्तिशाली’ पेरिसडाँडा अहिले कमजोर बनेको छ । त्यतिबेलाको शक्तिशाली पेरिसडाँडालाई अहिले धेरैले पत्याउन छाडेका छन् । पेरिसडाँडा अहिले नेताहरूको पर्खाइमा छ । उही उत्साह, उही उमंग र शक्ति फिर्ता गर्न चाहन्छ ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...