×

NMB BANK
NIC ASIA

मानव अधिकार आयोगमा ‘द्रूत अनुगमन तथा कार्य टोली’

असार ४, २०७६

NTC
Premier Steels

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका गम्भीर घटनाको अनुगमन गर्न ‘द्रूत अनुगमन तथा कार्य टोली’ बनाएको छ ।

Muktinath Bank

मानव अधिकार उल्लंघनका गम्भीर घटनाको छिटो अनुगमन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगका कानून, अनुसन्धान तथा अनुगमन विभागका निर्देशक मुरारीप्रसाद खरेलको संयोजकत्वमा टोली बनाएको आयोगका प्रवक्ता तथा सचिव वेद भट्टराईले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टोलीले काठमाडौं उपत्यकालगायत देशका सम्पूर्ण भागमा घट्ने गम्भीर प्रकृतिका मानव अधिकार हननका विषयलाई अनुगमन गरी आयोगमा तत्कालै प्रतिवेदन पेश गर्नेछ । टोलीलाई सम्बन्धित सबै निकाय तथा सरोकारवालाले आवश्यक सहयोग पुर्‍याइ मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा साथ दिन आग्रह गरेको आयोगले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

प्रवक्ता भट्टराईद्वारा बुधवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘हाल देशको अवस्थाको अध्ययन गर्दा व्यक्तिको जीवन, मर्यादा, स्वतन्त्रता र समानताको अधिकार सम्वद्र्धन र संरक्षण गर्ने दिशामा पछिल्लो समयमा चुनौती थपिँदै गएको आभास भएको छ ।’

Vianet communication

देश स्वतन्त्र निर्वाचनका माध्यमबाट लोकतन्त्र र दीगो शान्तिको पथमा अघि बढिरहेको समयमा मानव अधिकारका मूल्य र मान्यताको कदर गर्दै अघि बढ्न जरूरी भएको उनले विज्ञप्तिमा जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘देशका आम नागरिक आफ्ना मौलिक हकको निर्वाध उपभोगको वातावरण सिर्जना हुन सकोस् भन्ने अपेक्षामा रहेको भएपनि अभिव्यक्ति स्वतन्त्रता, सामाजिक तथा सांस्कृतिक अधिकार, दण्डहीनताको स्थिति, गैरकानूनी थुना, यातना, स्वास्थ्यको अधिकार, नियोजित पुनः पक्राउ घटना, दोहोरो भिडन्त र हत्या, विष्फोटन, जबर्जस्ती चन्दा, विधिको शासनविपरीतका कार्य, अत्यधिक बल प्रयोगजस्ता घटनाप्रति आयोग चिन्तित भएको छ ।’ 

प्रत्येक विषयमा देखिने गरेका विरोध, प्रदर्शन र बल प्रयोगको स्थितिबाट मानव अधिकार संस्कृतिको निर्माणमा थप चुनौती सिर्जना हुने आयोगको निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x