राहुल गान्धीले यसरी मनाए आफ्नो ४९ औं जन्मदिन

असार ४, २०७६

 भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो जन्मोत्सव पार्टीका नेता तथा पत्रकारहरूसँग मनाउनुभएको छ । 

    पार्टी केन्द्रीय कार्यालयमा उहाँले बुधबार ४९ वर्ष लागेको उपलक्ष्यमा आयोजना गर्नुभएको भेटघाट कार्यक्रममा नेता र पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो । 


ADVERTISEMENT

    उहाँले पत्रकार र नेताहरूलाई मिष्ठान्न ग्रहण गर्न आग्रह पनि गर्नुभएको थियो ।

    काँग्रेसका वरिष्ठ नेता प्रमोद तिवारीले गान्धीलाई भेटेर फेरी पार्टीलाई सशक्त रूपमा अगाडि बढाउन आफूले शुभकामना दिएको बताउनुभयो ।  
 

असार ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस