मंसिर ४, २०८०
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
काठमाडौं – धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो ।
शुरूका केही दिन ओरालो लागेको नेप्से साताको अन्तिम तिर आइपुग्दा उकालो लाग्ने संकेत गर्यो । यद्यपी कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७४ कम्पनीका ६४ लाख ३० हजार ८४ कित्ता शेयर १ अर्ब ९१ करोड ४९ लाख ७५ हजार ११२ मूल्यमा खरीद बिक्री भए । गत बिहीबार अर्थात जेठ ३० गते एक हजार २६९.५५ बिन्दुमा पुगेर कारोवार बन्द भएको नेप्से यस साताको शुरूको दिन अर्थात असार १ गते आइतबार ११.३६ बिन्दुले घटेर १ हजार २५८.२७ मा झर्यो ।
कूल १७४ कम्पनीका १४ लाख ७३ हजार ८०८ कित्ता शेयर ४७ करोड २५ लाख २० हजार ८ सय ११ रुपैयाँमा खरीद बिक्री भए । निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक सोमबार भने सामान्य सुधार देखियो । सो दिन नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई १ हजार २६०.९० अंकमा पुग्यो । कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर ४० करोड ३५ लाख ३८ हजार १ सय ४७ रुपैयाँमा खरीद बिक्री भए । स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकामा आज तीन उपसमूहको शेयर घटेको छ भने ८ उपसमूहको शेयर बढ्यो ।
मंगलबार भने कारोवार मापक नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन परिसूचक २.२३ बिन्दुले घटेर एक हजार २५६.६६ बिन्दुमा पग्यो । घटेको बजारमा कारोवार रकममा पनि गिरावट आयो । कूल १ सय ७७ कम्पनीका १२ लाख २६ हजार ६८६ कित्ता शेयर ३५ करोड ९४ लाख ११ हजार ३ सय ५ रुपैयाँ मूल्यमा कारोबार भयो । स्टकका अनुसार कारोबार भएका कबुल ११ उपसमूहमध्ये शनिवार ३ उपसमूहको मात्रै शेयरमा वृद्धि भयो ।
साताको शुरूआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक बुधबार पुनः ओरालो लाग्यो । परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अंकमा पुग्यो । टकका अनुसार शनिवार १६९ कम्पनीका नौ लाख ८० हजार ९१९ कित्ता शेयर ३० करोड ४१ लाख ८९ हजार ६ सय ४५ रुपैयाँमा खरीद बिक्री भए ।
साताको अन्तिम दिन भने परिसूचक उकालो लागि बन्द भयो । सो दिन परिसूचक ५.९० अंकले बढेर एक हजार २६४.३६ बिन्दुमा पुग्यो । परिसूचक उकालो लागेपनि कारोबार रकम भने सस्तैमा समेटियो । कूल १ सय ७१ कम्पनीका १३ लाख ७५ हजार ५४१ कित्ता शेयर ३७ करोड ५३ लाख १५ हजार २ सय ४ रुपैयाँमा खरीद बिक्री भए ।
३ कम्पनीका शेयर सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बिहीवार विभिन्न ३ कम्पनीका शेयर सूचीकृत भएका छन् । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । मिथिला लघुवित्त वित्तीय संस्थाका ३ लाख २९ हजार ८ सय ८९ कित्ता हकप्रद शेयर सूचीकृत भए । स्टकमा जेविल्स फाइनान्स लिमिटेडका ३ लाख ४० हजार ९ सय ५५ कित्ता हकप्रद र ३ लाख ८९ हजार २ सय ८१ कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...