×

NMB BANK
NIC ASIA

क्रिकेट विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानको कठिन परीक्षा

असार ८, २०७६

NTC
Premier Steels

काठमाडौं – क्रिकेट विश्वकपमा आइतवार लर्ड्सको मैदानमा पाकिस्तान र दक्षिण अफ्रिका भिड्दैछन् । 

Muktinath Bank

पाकिस्तानले इंग्ल्यान्डलाई हराएर शानदार शुरूआत गरेको भए पनि पछि खराब खेल्दै गयो । दक्षिण अफ्रिकाले भने शुरूआती खेलहरू लगातार हार्दै अफगानिस्तानविरुद्ध बल्ल जीतको खाता खोलेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थात् यी दुवै टीमका लागि यो विश्वकप स्मरणीय छैन । एकदुईवटा म्याचबाहेक यी दुवैले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । दुवै टीमको ब्याटिङमा समस्या छ र टीममा सन्तुलन बन्न सकेको छैन । 


Advertisment
Nabil box
Kumari

बलरहरूले भने ब्याट्स्म्यानको तुलनामा राम्रो प्रदर्शन गरेका छन् तर उनीहरूले पनि यदाकदा निराश बनाएका छन् । दक्षिण अफ्रिकाको ब्याटिङ क्विन्टन डी कक र कप्तान फाफ डुप्लेसीवरिपरि मात्र घुम्ने गरेको छ । 

Vianet communication

हाशिम अमलाले न्युजील्यान्डविरुद्धको खेलमा अर्धशतक लगाएको भए पनि उनको फर्म कायम रहने नरहने टुंगो छैन । बलिङमा लुंगी न्गिदी फर्किंदा दक्षिण अफ्रिका बलियो बनेको छ । न्गिदीले न्युजील्यान्डविरुद्धको खेलको अन्तिम ओभरतिर महत्त्वपूर्ण विकेट लिएर रोमाञ्च ल्याएको भए पनि जीत दिलाउन सकेका थिएनन् । 

दक्षिण अफ्रिकाले अब सबै म्याचमा सतर्क हुनुपर्नेछ किनकि हरेक म्याचमा जिते मात्र ऊ सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । 

पाकिस्तानको कुरा गर्दा उसको ब्याटिङका साथै फील्डिङ खराब छ । टीमका फील्डरहरूले महत्त्वपूर्ण क्याच छोड्ने गरेका छन् । उनीहरू रन पनि बचाउँदैनन् । पाकिस्तानले हरेक खेलमा ३० देखि ४० रन बढी दिने गरेको छ र ब्याट्स्म्यानहरूले त्यसको भरपाइ गर्न सकेका छैनन् । 

इमाम उल हक र फखर जमानले दक्षिण अफ्रिकाका तीव्र गतिका बलरहरूविरुद्ध राम्रो शुरूआत दिनुपर्ने हुन्छ । मोहम्म्द हफीज, शोएब मलिक, बाबर आजम, सरफराज अहमदले पनि इमरान ताहिरको स्पिनबाहेक क्रिस माउरिस र एन्डिले फेहुलकवायोको बलिङको डटेर सामना गर्नुपर्ने हुन्छ । 

बलिङमा पाकिस्तानले मोहम्मद आमिर र वहाब रियाजमा भर परेको छ । यी दुईले राम्रो बलिङ गरेका छन् । 

यी दुवै टीमको एक एक खेल वर्षाले हुन दिएन र आजको म्याचमा पनि पानी पर्न सक्छ । तर लर्ड्समा अहिलेसम्म पानी नै परिसकेको छैन र पिचले ब्याट्स्म्यानहरूलाई सहायता गर्ने आशा छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x