सिलिण्डर बगाएपछि समाउन खोज्दा कलंकीमा एक जनालाई बाढीले बगायो, खोजी जारी

असार २७, २०७६

काठमाडौं– यस वर्ष मनसून शुरू भएयताकै लामो समयसम्म जारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

बिहीवारयता भइरहेको अविरल वर्षाका कारण तराईका भू-भाग र काठमाडौं उपत्यका डुबानको चपेटामा परेका छन् । काठमाडौंका कैयन भू-भाग जलमग्न बनेका छन् ।


ADVERTISEMENT

वर्षाका कारण कलंकी मालपोत क्षेत्र डुबानमा परेको छ । मालपोत कार्यालय, प्रहरी चौकी लगायतका स्थान जलमग्न बनेका छन् ।

यस क्रममा कलंकी स्थित खोलाले एक जनालाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

ग्यास सिलिन्डर बगाएपछि त्यसलाई समाउन जाने क्रममा विनोद चौधरी नाम गरेका व्यक्त कलंकीबाट बेपत्ता भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।

तस्वीर: शेषकान्त पण्डितको फेसबूकबाट

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस