कास्कीको छिनेडाँडामा कामना सेवाको ९४ औं शाखा

असार २९, २०७६

कास्की- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा कास्की जिल्लामा पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा आइतवार आफ्नो ९४ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका सञ्चालक चतुराखर अधिकारी, सञ्चालक देव कृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रूपमा कारोबार सुभारम्भ गरेका थिए । 


ADVERTISEMENT

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरू तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरूलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरू उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौंको ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा योसँगै ९४ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरूलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 

असार २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस