भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
असार ३०, २०७६
काठमाडौं – जुलाई २१ (साउन ५) मा चन्द्रमामा पहिलोपटक मानव पाइला परेको ५० वर्ष पुग्याे ।
अमेरिकी अन्तरिक्ष नियोग नासाले पठाएको एपोलो ११ नामक रकेटबाट सन् १९६९ को जुलाई २० (नेपाली समयमा त्यसको भोलिपल्ट) मा अन्तरिक्षयात्रीहरू नील आर्मस्ट्रोङ र बज आल्ड्रिन चन्द्रमामा पुगेका थिए ।
उनीहरूले चन्द्रमामा पाइला टेकेको दृश्य ६५ करोड मानिसले टीभीमा हेरेका थिए ।
तर नासाको यो आधिकारिक कथनलाई नपत्याउने मानिसहरू धेरै छन् । उनीहरू नासाले पृथ्वीमा एक स्टुडियोमा चन्द्रमाको जस्तो सतह निर्माण गरेर भिडियो बनाएको भन्ठान्छन् ।
बिल केसिङ नामक व्यक्तिले चन्द्रमामा मानव पाइला एक षड्यन्त्र सिद्धान्त मात्र भएको बताए र त्यसको खुबै प्रचारप्रसार गरे ।
उनले खासमा अमेरिकाको अन्तरिक्ष कार्यक्रममा सानोतिनो योगदान गरेका थिए । स्याटर्न भी रकेट इन्जिन डिजाइन गर्ने कम्पनीमा उनी काम गर्थे ।
सन् १९७६ मा उनले एउटा पम्फ्लेट प्रकाशित गर्दै अनेक किसिमका षड्यन्त्र सिद्धान्त प्रतिपादन गरे । त्यसको शीर्षक छ– वी नेभर वेन्ट टु द मून ः अमेरिकाज थर्टी बिलियन डलर स्विन्डल ।
उनको पम्फ्लेटले षड्यन्त्रहरूको शुरूआत गरेको थियो र त्यो अहिलेसम्म कायम छ ।
हालै यूगोभले गरेको सर्वेक्षणमा ६ मध्ये एक बेलायतीले निम्न भनाइ पत्याए : ‘चन्द्रमामा पाइला टेकेको कुरा नाटक हो ।’
बिल केसिङ ८२ वर्षको उमेरमा सन् २००५ मा बिते तर उनले चलाएको षड्यन्त्र सिद्धान्त अहिलेसम्म जीवित छ र इन्टरनेटले यसलाई थप फैलाइरहेको छ ।
नासाले एउटा स्टुडियोमा चन्द्रमामा अवतरण गरेको नाटक गरेको भनी केसिङले जिन्दगीभरि तर्क गरिरहे । चन्द्रमा अवतरणको फोटोमा तारा नदेखिएको, झण्डा फर्फराइरहेको, विभिन्न कोणमा छायाँ देखिएको र ईगल ल्यान्डर अवतरण गर्दा कुनै खाल्डो नबनेको कुराले आफ्नो सिद्धान्त पुष्ट हुने बताउने गरेका थिए ।
केसिङका यी सिद्धान्तलाई धेरै विज्ञहरूले खण्डन गरेको भए पनि मानिसहरूले त्यसलाई पत्याउन छोडेका छैनन् ।
नासासँग अन्तरिक्षयात्रीलाई चन्द्रमामा राखेको निकै धेरै प्रमाण छ र उसले चन्द्रमाका ढुंगा जम्मा गरेको छ । अनि नासा लुनार रिकोनेसा अर्बिटर नामक भूउपग्रहले चन्द्रमामा मानवपाइलाको ट्य्राक छोडेको तस्वीर समेत सुरक्षित राखेको छ ।
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...