×

NMB BANK
NIC ASIA

पर्यटन विकासमा उल्लेख्य भूमिका खेल्दै व्यवसायी

साउन १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा - नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका नवनियुक्त प्रमुख काशीराज भण्डारीले प्रदेशको समग्र पर्यटन विकासका लागि राज्य र व्यवसायीबीच पुलको काम गर्ने बताएका छन् ।

Muktinath Bank

ट्रेकिङ एजेन्सी एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले आयोजना गरेको बिदाइ एवं स्वागत कार्यक्रममा प्रमुख भण्डारीले नेपालको पर्यटन विकासमा राज्य भन्दा एक कदम अगाडि व्यवसायी रहेकाले व्यवसायीमैत्री नीतिमार्फत राज्य अगाडि बढ्नुपर्ने धारणा राखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले पर्यटन क्षेत्रका समयस्याको पहिचान गरी समाधानका लागि जिम्मेवार रुपले काम गरेर नेपाल भम्रण वर्ष २०२० र आन्तरिक भ्रमण वर्ष २०१९ लाई सफल पार्ने बताए ।


Advertisment
Nabil box
Kumari

पर्यटन क्षेत्रमा नयाँ दृष्टिको खाँचो औल्याउँदै परम्रागत सोचबाट माथि उठ्न जरुरी रहेको उनको भनाइ थियो । उनले नयाँ पदमार्गको खोजी र भइरहेका पदमार्गको संरक्षण जरुरी रहेको धारणा राखे ।

Vianet communication
Laxmi Bank

पर्यटन बोर्ड गण्डकी प्रदेशमा आफ्नो एक वर्ष कार्यकाल सफल गरेर केन्द्रीय कार्यालयमा अनुसन्धान योजना तथा अनुगमन महाशाखाको प्रमुख जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका निवर्तमान प्रमुख मणि लामिछानेले पोखरामा पर्यटन व्यवसायीको सक्रियता र सहयोगले आफ्नो कार्यकाल उपलब्धिमूलक र ऐतिहासिक रहेको स्मरण गरे ।

टानका पूर्व अध्यक्ष सोम थापाले व्यवसायी र राज्यबीच मैत्रीपूर्ण सम्बन्ध हुन नसके पर्यटन क्षेत्रको विकास नहुने बताए । टानका अध्यक्ष हरि भुजेलले टान र पर्यटन बोर्डबीचको सहकार्यमा पर्यटन प्रवद्र्धन सम्बन्धी आन्तरिक र बाह्य रुपमा धेरै काम गर्न सफल भएको तथा विशेष गरी टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली) व्यवस्थित गर्न पहल गरिएको उनको भनाइ थियो ।

भुजेलले अन्नपूर्ण पदयात्रा मार्गअन्तर्गत बेँसीशहर, धम्पुस, बिरेठाँटी र तातोपानीमा टिम्स काउण्टर रहेको जानकारी दिए । पदयात्रा मार्ग अव्यवस्थित विकासका कारणले लोपहुँदै जाँदा अन्नपूर्ण परिपथमा पदयात्रीको सङ्ख्या घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

टानका सचिव जीवनराज सापकोटाले टिम्स कार्डबाट उठेको रकमलाई यही क्षेत्रमा खर्च गरेर पदयात्रालाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे । सङ्कलित रकममध्ये ३० प्रतिशत बोर्ड ३० प्रतिशत टान र ३० प्रतिशत दुवै संस्थाले पर्यटन विकासमा लागि र बाँकी १० प्रतिशत कल्याणकारी कोषमा खर्च गर्नुपर्ने प्रावधान रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x