×

NMB BANK
NIC ASIA

राज्य कोषको दुरूपयोग : जनताले तिरेको करबाट मन्त्रीलाई पाकिस्तानी लेदरको ब्याग !

साउन ५, २०७६

NTC
Premier Steels

काठमाडौंसर्वहारा वर्गका लागि राजनीति गरेको भनेर नथाक्ने कम्युनिस्ट नेताहरूले समेत सरकारमा पुगेपछि आर्थिक अनुशासन कायम राख्न नसक्ने गरेको कुरा नेपालमा अब नौलो रहेन ।

Muktinath Bank

अति सामान्य व्यक्तिगत प्रयोजन र विलासितामा समेत मन्त्री तथा नेताहरूले राज्य कोषको दुरूपयोग गर्ने गरेको समाचार बारम्बार आइरहेकै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको पछिल्लो उदाहरण बनेकी छन्, वर्तमान सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्याल ।


Advertisment
Nabil box
Kumari

मन्त्री अर्यालले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग हुने ब्याग समेत राज्य कोषबाट खरिद गरेको प्रमाण लोकान्तरले फेला पारेको छ ।

Vianet communication

मन्त्रालयले मन्त्री अर्यालका लागि पाकिस्तानी लेदरको ब्याग टारगेट इन्टरप्राइजेजमार्फत २०७५ साल फागुन १५ गते खरिद गरेको लोकान्तरलाई प्राप्त बिल/भपाईमा देखिन्छ ।

उक्त ब्यागलाई १३ प्रतिशत भ्याट सहितको मूल्य १९ हजार ६ सय ६३ रुपैयाँ परेको छ । भ्याटबाहेक नै १७ हजार ४ सय रुपैयाँ परेकाे देखिन्छ ।

अंकमा हेर्दा सानो रकम भएपनि यो नेता तथा मन्त्रीहरूले व्यक्तिगत प्रयोजनमा समेत राज्य कोषको कसरी दुरूपयोग गर्छन् भन्ने उदाहरण हो । 

मन्त्रीकै लागि भनेर भूमि व्यवस्था मन्त्रालयले सूटकेस र ब्रिफकेस समेत एक–एक थान खरिद गरेको छ ।

२०७५ सालको मंसिर २३ गते खरिद गरिएको सूटकेसको मूल्य ४६ हजार ८ सय ९५ र ब्रिफकेसको मूल्य १८ हजार ६ सय ४५ रुपैयाँ (भ्याटसहित) परेको देखिन्छ ।

न्यू हिमालयन इन्टरप्राइजेज मार्फत खरिद गरिएका सुटकेस र ब्रिफकेस भने मन्त्रीको विदेश भ्रमणमा प्रयोग भएको एक कर्मचारीले बताए ।

‘सुटकेस र ब्रिफकेस मन्त्रीज्यू विदेश भ्रमण जाने क्रममा खरिद गरिएको हो,’ मन्त्रालयको स्टोर शाखाका अधिकृत रामबहादुर केसीले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x