एनआईसी एशिया बैंक र पोखराका विभिन्न होटल तथा रिसोर्टबीच सम्झौता

साउन ८, २०७६

पोखरा- एनआईसी एशिया बैंक लिमिटेड र होटल पोखरा ग्राण्डी, पार्दी विरौटा, पोखराबीच बैंकका सम्पूर्ण ग्राहकलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरूमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरे । यसैगरी एन आई सी एशिया बैंक र टीका रिसोर्ट हल्लनचोक लेकसाइड पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई टीका रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।


ADVERTISEMENT

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र टीका रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष टीका पौडेलले हस्ताक्षर गरे । यसबाट पर्यटकीय शहर पोखरा भ्रमणका क्रममा यस बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २९२ शाखा कार्यालय, ३०२ एटीएम, ५१ वटा एक्सटेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत् सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकका करीब १७ लाख ग्राहक छन् । 

साउन ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस