×

NMB BANK
NIC ASIA

बाढी प्रभावितका लागि मुख्यमन्त्री राउतले मागे २५ अर्ब, प्रधानमन्त्री ओली सकारात्मक

साउन १३, २०७६

NTC
Premier Steels

जनकपुरधाम – २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बाढी पीडितको राहत तथा बसोबासका लागि तत्काल कम्तीमा २५ अर्ब रुपैयाँ सहयोग गर्न अनुरोध गरेका छन् ।

Muktinath Bank

मुख्यमन्त्री राउतले आइतवार प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमै भेट गरेर २५ अर्ब रुपैयाँ बाढी पीडितलाई सहयोग स्वरूप प्रदान गर्न माग गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘करीब ७० मिनेट जति भएको भेट वार्ताका क्रममा प्रदेश २ मा आएको बाढीका कारण भएको सम्पूर्ण क्षतिको विवरण प्रस्तुत गर्नुका साथै तत्काल सहयोग गर्न सरकारसँग रकम माग गरेका छौं,’ भेटवार्तामा सहभागी रहेका प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने, ‘प्रधानमन्त्री ओलीले पनि प्रदेश २ मा बाढीका कारण भएको जनधनको क्षतिप्रति गम्भीर रहेको तथा आवश्यकता अनुसार प्रदेश सरकारलाई सहयोग गर्न नेपाल सरकार तयार रहेको जवाफ दिएका थिए ।’


Advertisment
Nabil box
Kumari

भेट वार्ताका क्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए । 

Vianet communication

प्रदेश सरकारसँग स्रोतसाधनको अभाव रहेको र प्रदेश सरकारले आफ्नो बलबुत्तामा मात्र बाढी पीडितको राहत तथा पुनर्निर्माणको काम गर्न बजेटको अभाव रहेकाले संघीय सरकारसँग मद्दत माग गरेको मन्त्री यादवले बताए । छिट्टै बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री प्रचण्डले स्थलगत निरीक्षण गर्ने तथा आवश्यक सम्पूर्ण सहयोग गर्न नेपाल सरकार तयार रहेको प्रम ओलीले जवाफ दिएको मन्त्री यादवले बताए ।

‘बाढीको रोकथाम वा क्षति न्यूनीकरण गर्नका लागि दीगो समाधान गर्न चुरे क्षेत्रको संरक्षण तथा त्यसलाई अन्तर्राष्ट्रिय मुद्दा समेत बनाएर सम्बन्धित अन्य देशको समेत साझा सहकार्य आवश्यक रहेको प्रम ओलीलाई जानकारी गराएका छौं,’ मन्त्री यादवले भने, ‘विभिन्न नदीको डिलहरू क्षतिग्रस्त भएका छन्, त्यसको समाधान गर्न तथा तटबन्धलाई व्यवस्थित गर्दै नदीको किनारमा रहेका जोखिम क्षेत्रमा बसोबास गरिरहेको बस्तीलाई अन्य सुरक्षित स्थानमा बस्ती बसाउने समेतको प्रदेश सरकारले दीर्घकालीन विपद् रणनीतिक योजना बनाइरहेको जानकारी समेत गरायौं ।’ 

प्रदेश सरकारको भिजनबाट प्रभावित भएको र प्रदेश सरकारको भिजनलाई कार्यान्वयन गर्न चाहिने सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेको प्रम ओलीले जवाफ दिएको उनले बताए । 

मुख्यमन्त्री राउतको नेतृत्वमा राजपा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव समेत टोलीमा रहेका छन् । प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले पनि प्रदेश २ मा बाढीको क्षति तथा नदी नियन्त्रणका लागि नेपाल सरकारले सहयोग गर्नुपर्ने प्रम ओलीलाई बताएका थिए ।

बाढीबाट प्रदेश २ मा ३९ जनाको मृत्यु भएको छ । ६ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएको, १ लाख १८ हजार घरमा क्षति पुगेको छ भने ३ हजार ५ सय ५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएकाले त्यसको पुनर्निर्माण समेत गर्नुपर्ने अवस्था रहेको मन्त्री यादवले बताए । हजारौं बिघा खेतीयोग्य जमिनमा बालुवा पुरिएर मरुभूमि भएको छ ।

बाढीका कारण प्रदेशका सडकमा समेत व्यापक क्षति भएकाले त्यसको निर्माणका लागि प्रदेश सरकारको टोलीले संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाइ समेत भेट गरेर आग्रह गरेका छन् । जवाफमा तत्कालै सडक सञ्चालनमा ल्याउन आफूले सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको महासेठले बताए ।

प्रदेश सरकारको सर्वदलीय टोलीले विभिन्न मन्त्रीसँग भेटवार्ता गरेर मंगलवार मात्र जनकपुरधाम फर्किने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता यादवले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x