कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
साउन १६, २०७६
सुर्खेत - कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बजेट कार्यान्वयनका सन्दर्भमा मन्त्री कमिसार, मन्त्रालयका सचिव कमाण्डर र कर्मचारी सहकमाण्डारको भूमिकामा काम गर्नुपर्ने बताएकी छिन् ।
बिहीवार मन्त्रालयको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समीक्षा गोष्ठीलाई सम्वोधन गर्दै मन्त्री केसीले भौतिक प्रगति गर्नको लागि सबैको सहकार्य, रुचि र तदारुकता आवश्यक पर्ने बताएकी हुन् ।
‘जनअपेक्षा पूरा गर्न हामीले युद्ध गर्नुपरेको जस्तै खट्नुपरेको छ,' मन्त्री केसीले भनिन्, ‘हामी सबैको सहकार्य र काम गर्ने इच्छाशक्तिका कारण हामीले गत वर्ष करिब ६९ प्रतिशत वित्तीय प्रगति गर्न सकेका हौं ।’
मन्त्री केसीले कर्मचारीलाई काम गर्नेबेलामा सचेत रहन निर्देशन दिईन् । ‘यहाँ सबैले हाम्रो कामलाई राम्रो भनेका छैनन् । तपाई कतै किर्तेको जालमा पर्नुहोला,' उनले भनिन्, ‘योजनाको तस्वीरसहित भौतिक प्रगतिको अनुगमन गरेर मात्रै भुक्तानी दिनुहोला । नभए फसाउनेहरुको ठूलै जमात हाम्रा वरिपरी छ ।’
उनले मन्त्रालयलको घाटा बजेट घटाएको खण्डमा करिब ७७ प्रतिशत प्रगति भएको बताइन् । ‘एक अर्ब ९५ करोड रुपैयाँ हामी पछिल्लो तीन महिनामा खर्च गर्न सफल भएका छौं,' उनले भनिन्, ‘ढिलोगरी अख्तियारी गएका कारण यहाँहरुलाई काम गर्न असहज त भयो तर भौतिक प्रगति उल्लेख्य गर्नुभएकोमा सबै बधाइका पात्र हुनुहुन्छ ।’
मन्त्री केसीले उद्यम र उत्पादनका आधारमा जीवनस्तर माथि उकास्नु बाटो खन्नु जस्तो सहज नभएको बताइन् । ‘जनताको जीवनस्तर उकास्न हामीले धेरै मेहनत गर्नुपर्ने रहेछ,' मन्त्री केसीले भनिन्, ‘बाटो खन्नु वा भवन बनाउनु जस्तो सहज रहेनछ ।’
कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले सबै बजेट कार्यान्वयन गर्न चुनौती भएको बताए । ‘समयमै हामीले अख्तियारी दिन सकेनौं, कतै स्थानीयले काममा रुचि पनि देखाएनन्,' सचिव भारीले भने, ‘त्यही कारण हामीले चाहेजस्तो भौतिक संरचना निर्माण गर्न सकेनौं । आगामी वर्ष यसलाई शिक्षाको रुपमा ग्रहण गर्दै अघि बढनुपर्ने अवस्था आएको छ ।’
उनले यो वर्ष पनि असारमा मात्रै ७५ प्रतिशत बजेट खर्च भएको बताउँदै यो क्रमलाई रोक्न सबैले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा दशै जिल्लाका शाखा प्रमुख, निर्देशनालय प्रमुख, अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुको सहभागिता रहेको थियो । समीक्षा कार्यक्रम साउन १५ र आज १६ गते चलेको हो ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...