माघ २५, २०८०
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
काठमाडौं – भदौ ५ मा ७ वटा विश्वविद्यालयका उपकुलपतिको पदावधि सकिँदै छ । प्राध्यापकहरू भने पदाधिकारीको म्याद नसकिँदै उपकुलपति बन्ने दौडधुपमा छन् ।
केही उपकुलपतिले दोहोरिने चाहना राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेकपाका प्रभावशाली नेतासँग ‘च्यानल मिलाइसकेकाहरू’ भने बाहिर देखिन चाहेका छैनन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि), नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि), पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीको कार्यावधि केही दिन मात्र बाँकी छ ।
कान्तिपुर दैनिक लेख्छ – सरकारले त्रिविमा उपकुलपति चुन्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । ‘प्रधानमन्त्रीज्यू उपचारबाट फर्किएलगत्तै बाँकी विश्वविद्यालयको पनि सिफारिस समिति गठन हुनेछ,’ प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने ।
सिफारिस समिति गठन नहुँदै प्रधानमन्त्री ओली निकट समूहले उपकुलपतिका निम्ति सम्भावित प्राध्यापकको नाम अघि सारेका छन् । यसमा राजेन्द्रध्वज जोशी, गणेशमान गुरुङ, खडग केसी, डिल्लीराम उप्रेती, अरुण सायमी, सुधा त्रिपाठी र उपेन्द्र कोइरालाको नाम चर्चामा छ । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका दुई धारले यी नाम प्रस्ताव गरेका हुन् ।
जोशी त्रिवि इन्जिनियरिङ अध्ययन संस्थाका पूर्व्डिन र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको मस्यौदा कमिटीका अध्यक्ष हुन् । ‘जोशी सरले सम्भवतः मदन भण्डारी विश्वविद्यालयकै नेतृत्व दिनुहुन्छ भन्ने हाम्रो ठहर छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
गुरुङ समाजशास्त्री तथा पूर्वसभासद हुन् । उनी यसअघि लोकसेवा आयोगका सदस्य र विश्वविद्यालय अनुदान आयोगका अध्यक्षसमेत भइसकेका छन् । ‘समावेशी हिसाबले गुरुङ सर पर्न सक्नुहुन्छ । किनभने उहाँसँग धेरैतिरको प्रशासनिक अनुभव छ,’ एक प्राध्यापकले भने । हालै मात्र प्राध्यापकमा बढुवा भएका केसी त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका संयोजक हुन् । त्यसैगरी उप्रेती त्रिविका बहालवाला रजिस्ट्रार हुन् ।
यसअघि उनी प्रगतिशील प्राध्यापक संगठनको महासचिव थिए । सायमी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडीन हुन् । त्रिपाठी त्रिविका बहालवाला शिक्षाध्यक्ष हुन् । उनलाई महिलाका तर्फबाट उपकुलपतिका निम्ति प्रस्ताव गरिएको छ । यसअघि पहिलो महिला उपकुलपतिका रूपमा नियुक्त सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी उपकुलपति भूषण श्रेष्ठ हुन् । उनको पदावधि आगामी भदौ ५ गते सकिँदै छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोइराला फेरि उपकुलपति बन्ने दौडमा छन् । कार्यकाल सकिन लाग्दा बिदा मनाउन अमेरिका गएका उनी फेरि पनि कुनै एक विश्वविद्यालयमा उपकुलपति बन्न चाहेको उनी निकट स्रोतको भनाइ छ । ‘प्रशासनिक अनुभवले उहाँ पोख्त हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘त्यसैले उहाँ सकेसम्म त्रिविकै नेतृत्व लिन तयार हुनुहुन्छ ।’
तत्कालीन एमालेमा पकड रहेका कारण कोइरालाले राजनीतिक नियुक्तिमा अवसर पाउँदै आएका छन् । उनी उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धीसमेत हुन् । कोइराला उपकुलपति बन्नुअघि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् उपाध्यक्ष थिए । त्यसअघि नेपाल आयल निगमका महाप्रबन्धक रहेका उनी खाद्य संस्थानका अध्यक्षसमेत थिए । परिषद् उपाध्यक्ष रहँदा उनी उत्तरपुस्तिका छपाइ विवादमा मुछिएका थिए ।
विश्वविद्यालय पदाधिकारी नियुक्ति मापदण्ड निर्धारण कार्यदलले सम्भाव्य उम्मेदवारको खोजी गर्न छुट्टै विज्ञ समिति गठन गरी कार्ययोजना मूल्यांकन गराउनुपर्छ । निर्धारित योग्यता पुगेका र इच्छुक प्राध्यापकबाट उपकुलपति पदमा एक कार्य अवधिको कार्ययोजनासहित विद्युतीय सञ्चारमाध्यमबाट पेस गर्न माग गर्नुपर्छ ।
समितिले विज्ञहरूको कार्यदल निर्माण एवं मूल्यांकन गरी उत्कृष्ट तीन जनाको नाम सहकुलपतिमार्फत कुलपतिसमक्ष पेस गर्नुपर्छ । उपकुलपतिका लागि विद्यावारिधि, स्नातकोत्तर वा सोसरहको उपाधि प्राप्त गरेको विश्वविद्यालयको प्राध्यापक हुनुपर्छ । शैक्षिक प्रशासनमा अनुभव प्राप्त, उपकुलपति पदको निर्धा्रित कार्यकाल समाप्त हुने बेला ६५ वर्ष उमेर पूरा नभएको र प्राध्यापन, अनुसन्धान तथा व्यवस्थापनका क्षेत्रमा उत्कृष्ट उम्मेदवार आवश्यक हुन्छ । कान्तिपुर दैनिकमा खबर छ ।
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...