यस पटकको गाइजात्रा महोत्सव साउन ३१ र ३२ गते राष्ट्रिय नाचघरमा

साउन २९, २०७६

काठमाडौं– हास्य कलाकारहरूको महामेला (गाईजात्रा राष्ट्रिय महोत्सव) यस वर्ष राष्ट्रिय नाचघरमा हुने भएको छ ।

बर्सेनि दर्शकहरूको विशेष रोजाइमा पर्ने हास्य व्यंग्य महोत्सव गाईजात्रा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गर्ने भएको हो ।


ADVERTISEMENT

यही साउन ३१ र ३२ गते हुने गाईजात्रामा नेपालका ख्यातिप्राप्त हाँस्यकलाकारहरू प्रभाकर देव शर्मा, दमन रुपाखेती, विष्णु सापकाेटा (हर्के हल्दार), पल्पसा डंगाेल (चम्सुरी), राजन थापा, घनश्याम गाैतम ( नक्कली प्रचण्ड), सुरेश तिमिल्सिना ( नक्कली केपी ओली), मञ्जु श्रेष्ठ, सन्ताेष खनाल, पुष्पराज अवस्थी, सुशीला निराैला, दिलिप तामाङ, शुवी शाही, शशी थापा, विपिन घिमिरे र लक्ष्मण गाम्नागे लगायतको बेजाेड प्रस्तुति रहनेछ ।

प्रहसन, प्याराेडी, नृत्य, कमेडी डान्स कविता लगायतका प्रस्तुति हुने गाईजात्रा महाेत्सवमा प्रभाकर देव शर्मा, दमन रुपाखेती र नक्कली ओली-प्रचण्ड टीमको प्रहसन हुनेछ भने सुवी शाहीकाे नृत्य रेशम फिरिरिकाे कमेडी डान्स, लक्ष्मण गाम्नागेकाे व्यंग्य कविता र सन्ताेष खनालकाे उद्घाेषण रहनेछ ।

करीब २ घण्टाकाे गाइजात्रे प्रस्तुतिमा दमन रुपाखेती र दिलिप तामाङकाे "कट्टु व्यापार" घनश्याम गाैतम नक्कली प्रचण्ड र सुरेश तिमल्सिन नक्कली ओलीको "भाले जुधाइ" नामक प्रहसन देख्न पाइने छ ।

अन्य कलाकारहरू पनि प्रस्तुतिका तयारीमा जुटिरहेका छन् ।

साउन २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस