×

NMB BANK
NIC ASIA

डेढ महीनापछि यातायात सञ्चालनमा

भदौ २, २०७६

NTC
फाइल फोटो
Premier Steels

भोजपुर- बस व्यवसायीको सक्रियतामा भोजपुर सदरमुकामबाट टक्सार, गुम्बा हुँदै दक्षिणी क्षेत्रका तीन वटा स्थानीय तह जोड्ने मुख्य सडक लामो समयपछि सञ्चालनमा आएको छ । 

Muktinath Bank

सडक मर्मतमा भोजपुर नगरपालिकाले चासो नदिएपछि व्यवसायीले सडक मर्मत गरेर बन्द भएको करीब डेढ महीनापछि सञ्चालनमा ल्याएका हुन् । स्थानीयवासीको दैनिक जनजीवनसँग जोडिएको सडक मर्मतमा व्यवसायी आफैँ जुटेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले गत असार महीनाको वर्षाले बिगारेको सडक आफ्नै पहलमा निर्माण गरेर शनिबारबाट यातायात सञ्चालनमा ल्याएका छन् । नगरपालिकासमक्ष सडक मर्मतका लागि पटक–पटक अनुरोध गर्दा पनि चासो नदिएपछि करीब १२ किलोमिटर सडक आफैँले डोजर लगाएर मर्मत गरेको तत्कालीन संयुक्त बस व्यवसायी सङ्घका अध्यक्ष गोपाल मोक्तानले बताए । 
 


Advertisment
Nabil box
Kumari

उनले भने,“सरोकारवाला पक्षलाई धेरै पटक अनुनयविनय गर्दा पनि चासो नदिएपछि हामी आफैँ मर्मतमा जुटेका हौँ ।” धेरैपटकको अनुरोधपछि काम थालेको नगरपालिकाले बीचैमा काम छाडेपछि व्यवसायी आफैँले सडक मर्मत गरेका हुन् । नगरपालिकाले तीन दिन लगाएर सडक बजेट सक्न देखावटीरूपमा करीब ५० मिटर मात्र मर्मत गरेको व्यवसायीको आरोप छ ।

Vianet communication

आफूहरूले भने करीब दुई दिन लगाएर १२ किलोमिटर सडक मर्मत गरेको व्यवसायीको भनाइ छ । “हामीले दुई दिनमा १२ किलोमिटर सडक मर्मत गरेर यातायात सञ्चालन ल्याएका छौँ, तर नगरपालिकाले तीन दिनमा करीब ५० मिटर सडक खनेको छ । यसले नगरपालिका काम गर्न भन्दा पनि बजेट सक्न लागेको देखिन्छ”, मोक्तानले भने । 

नगरपालिकाले गर्नुपर्ने काममा जनताको सेवालाई ध्यानमा राख्दै व्यवसायी नै अग्रसर भएपछि स्थानीयवासीले पनि सडक मर्मतमा साथ दिएका छन् । तर यस्तो काममा नगरपालिकाले चासो नदिएकोमा भने उनीहरु आक्रोसित बनेका छन् । स्थानीयवासी शिव कार्कीले भने, “बाटो अवरोध भएको एक महीना भएको थियो तर खुलाउन सरोकारवाला पक्षको ध्यान गएन,  गर्भवती, बिरामी  तथा अशक्त नागरिकलाई डोको तथा स्ट्रेचरमा बोकेर ल्याइरहेको अवस्था छ, खोइ यसतर्फ जनप्रतिनिधिको ध्यान गएको ?” । 

सदरमुकामबाट दक्षिणका तीन गाउँपालिकासँग जोड्ने यो मुख्य सडक हो । पिखुवा खोलापारिको सडक त्यहाँका  स्थानीय तहले यसअघि नै मर्मत गरेको भए पनि नगरपालिका क्षेत्रको सडक भने बन्द रहेको थियो । सो सडकमा नियमित यातायात सञ्चालनमा आएसँगै स्थानीय खुशी भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x