नयाँ बसपार्कको होटेलमा एक जोडी महिला र पुरुष मृत फेला

भदौ ४, २०७६

काठमाडौँ -राजधानीको नयाँ बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसमा एक जोडी महिला र पुरुष मृत भेटिएका छन् ।

बुधवार दिउँसो प्रहरीले उनीहरूलाई उक्त गेस्ट हाउसको कोठा नम्बर १११ मा मृत भेटेको जानकारी दिएको छ ।


ADVERTISEMENT

उनीहरू हिजो राति कोठामा बसेका थिए । बुधवार दिउँसो १ बजेसम्म पनि उनीहरू बाहिर ननिस्किएपछि होटेल संचालकले प्रहरीलाई बोलाएर जबर्जस्ती ढोका फोरेर हेर्दा दुवै मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरूको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

भदौ ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस