आईसीसीको एक दिवसीय वरीयतामा नेपाल एक स्थान तल

प्रतिकात्मक तस्वीर
भदौ ६, २०७६

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरीयतामा एक स्थान तल झरेर नेपाल १६औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १५औँ स्थानमा थियो ।


ADVERTISEMENT

वरीयताको शीर्ष स्थानमा इङल्याण्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैटौंमा पाकिस्तान र सातौँ स्थानमा बङ्गलादेश छ ।

त्यस्तै आईसीसी टी–ट्वान्टी वरीयतामा भने नेपाल एघारौँ स्थानमा यथावत् रहेको छ । टी–ट्वान्टी वरीयतामा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन् । 
    
टी–ट्वान्टी वरीयतामा पाकिस्तान पहिलो स्थानमा छ भने इङल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ ।

यस्तै भारत अष्ट्रेलिया, न्यूजिल्याण्ड र अष्ट्रेलिया क्रमशः चौथो पाँचौँ, छैटौं र सातौँ स्थानमा छन् । 

भदौ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार