गायक सुनिल गिरी 'यात्री' बनेर पुगे अन्नपूर्ण बेस क्याम्प [भिडियोसहित]

भदौ ७, २०७६

काठमाडौं-लोकपप गायक सुनिल गिरीले नयाँ गीत 'यात्री' सार्वजनिक गरेका छन् । 

उनको 'यात्री'बोलको गीत राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । 


ADVERTISEMENT

गीतको शब्द, संगीत, स्वर र निर्देशन सुनिल स्वयंमले नै गरेका हुन् । 

गीतको छायांकन अन्नपूर्ण बेस क्याम्पमा गरिएकाले भिडियोमा निकै मनमोहक दृश्यहरू देख्न सकिन्छ । 

उनले 'भिजिट नेपाल २०२०' को प्रचारप्रसार होस् भन्ने हेतुले गीतको भिडियो अन्नपूर्ण बेस क्याम्पमा पुगेर गरिएको बताए ।

गिरीको 'को होला त्यो' सर्वाधिक चर्चामा रहेको गीत हो । 

भिडियो हेर्नुहोस् : 

भदौ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस