मंसिर ४, २०८०
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
काठमाडौं – केन्द्रीय निक्षेप सेवा सञ्चालन गर्न कम्तीमा रु २० करोड बराबरको सम्पत्ति हुनुपर्ने व्यवस्था गरिएको छ ।
सङ्घीय संसद्मा धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा केन्द्रीय निक्षेप सेवा सञ्चालन अनुमतिपत्रका लागि निवेदन दिनुपर्नेसम्बन्धी व्यवस्थामा निक्षेप प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यका साथ उक्त व्यवस्था गरिएको हो ।
केन्द्रीय निक्षेप सेवा सञ्चालन गर्न आवश्यक पूर्वाधार तथा सुविधा पर्याप्त रहेको र धितोपत्र बजारमा भएका कारोवारको हिसाब राफसाफ गर्ने र त्यसको अभिलेख तथा कारोवारको विवरण प्रकाशन गर्न उपयुक्त व्यवस्था गरिएको छ ।
केन्द्रीय निक्षेप सेवा भन्नाले सङ्गठित संस्थाको धितोपत्र अभौतिकीकरण गरी त्यस्तो धितोपत्रको विद्युतीय माध्यमबाट अभिलेख राख्ने कार्य सम्झनुपर्ने विधेयकमा व्यवस्था छ ।
विधेयकमा गलत तवरले धितोपत्रको कारोवार गरेको पाइएमा समेत कडा कानूनी प्रबन्ध गरिएको छ ।
विधेयकमा बिगो खुलेकामा बिगो भराई बिगो नखुलेकामा बिगो भराई जरिवाना र तीन वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरिएको छ ।
बिगो खुलेकामा बिगो भराई बिगोबमोजिमको जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेकामा रु एक लाख ५० हजारदेखि रु चार लाख ५० हजारसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
बोर्डले दिएको निर्देशन पालना नगर्ने सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई बोर्डले सचेत गराउने वा लिखित चेतावनी दिने, त्यस्ता संस्थालाई कारोवारमा आंशिक वा पूर्णरुपमा प्रतिबन्ध लगाउने, बोर्डले उपलब्ध गराउने सेवा निलम्बन गर्ने वा रोक्का राख्ने व्यवस्था गरिएको छ ।
बोर्डबाट खटिएका कुनै अधिकारीले माग गरेको कागजात, विवरण, तथ्याङ्क वा अभिलेख तोकिएको अवधिभित्र उपलब्ध नगराउने संस्थालाई म्याद नाघेको सात दिनसम्म लागि दैनिक रु १० हजारको दरले जरिवाना गर्ने व्यवस्था गरिएको छ ।
यस्तै म्याद नाघेको आठ दिनदेखि १५ दिनसम्मका लागि दैनिक रु २५ हजारको दरले र म्याद नाघेको १६ दिनदेखि दैनिक रु ५० हजारको दरले जरिवाना लाग्नेछ ।
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...