एनआइसी एशिया बैंकको नयाँ शाखाहरु सल्लेरी, दोधारा चाँदनी र दिक्तेलमा

भदौ ३०, २०७६

काठमाडौं– एनआइसी एशिया बैंकले एकैपटक तीन स्थानमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । आइतवारदेखि सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा बैंकको शाखा कार्यलय  सञ्चालनमा आएको हो । 

सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गरेका थिए । 


ADVERTISEMENT

त्यस्तै कञ्चनपुरको महाकाली नगरपालिका वडा नं ६, दोधारा चाँदनी स्थित दोधारा चाँदनी शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनारले गरेका थिए । 

त्यस्तै  खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १, दिक्तेल स्थित दिक्तेल शाखाको उद्घाटन रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले गरेका थिए । 

यससँगै मुलुकभर बैैंकको २ सय ९८ शाखा कार्यालयहरु सञ्चालनमा आएका छन् । त्यस्तै बैंकले ३ सय ५६ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् कारोबार सञ्चालन गरिरहेको छ । 

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस