×

NMB BANK
NIC ASIA

अदुवाको मूल्य अहिलेसम्मकै उच्च

असोज १, २०७६

NTC
फाइल फोटो
Premier Steels

खोटाङ– कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ । 

Muktinath Bank

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा शनिबार र बुधबार लाग्ने हटियामा अदुवा किन्नेको तछाडमछाड नै चल्ने गरेको छ । अदुवा मसलाका रुपमा प्रयोग गरिन्छ । विकसित शहरमा अदुवाबाट केण्डी, सुठो, जुसलगायत विभिन्न परिकार बनाइए पनि यहाँ प्रविधिको अभावमा मसलाका रूपमा मात्रै प्रयोग गरिन्छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको जिल्लामा अदुवालाई मसलाका साथै पितृकार्यमा समेत प्रयोग गर्ने गरिएको छ ।
 
पछिल्ला दुई वर्षयता हाटबजारमा अदुवा नपाएपछि पितृकार्यमा प्रयोग गर्नसमेत समस्या भएको जिल्लावासीले बताएका छन् । जिल्लाका किराँत, राई र मगर समुदायले पितृकार्यमा अदुवा प्रयोग गर्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूले उत्पादन गरेको अदुवा बिक्री नभएपछि विगत दुई वर्षदेखि खेती नै गर्न छाडिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका अगुवा कृषक धर्मराज राईले बताए। “यसअघि उद्योग वाणिज्य सङ्घले खरीद गर्ने भनेर अन्य सबै खेती छाडेर अदुवाखेती गरियो”, उनले भने, “पछि आएर वाणिज्य सङ्घले खरीद नगरेपछि कुहिएर नष्ट हुँदा अहिले खेती नै गर्न छाडियो ।”


Advertisment
Nabil box
Kumari

कृषकका अनुसार दुई वर्षअघि उद्योग वाणिज्य सङ्घले खरीद नगर्दा एक कृषकको कम्तीमा पनि चार÷पाँच क्विन्टल अदुवा कुहिएर खेर गएको थियो । सो समयमा वाणिज्य सङ्घले अदुवा प्रशोधन गरेर व्यावसायिक रुप दिन सङ्ग्राम राईको अध्यक्षतामा अदुवा व्यवसायी सङ्घसमेत गठन गरेको थियो ।

Vianet communication

जिल्लाका अदुवा उत्पादक कृषकलाई समेटेर व्यवसायी सङ्घ गठन गरेपछि उत्साहित कृषक उत्पादन गरेको अदुवा बिक्री नभएपछि निराश बनेका थिए । जिल्लामै प्रशोधन केन्द्र खोल्ने हल्ला सुनेपछि बिगतभन्दा बढाएर खेती गरेका कृषक उत्पादन गरेको अदुवा बिक्री नभएपछि निराश बनेका हुन् ।
 
यसअघि आफूले उत्पादन गरेको अदुवा रु १० मा पनि बिक्री नभएपछि खाडल खनेर पुरेको दिक्तेल–२ सोल्माका कृषक गङ्गाबहादुर विश्वकर्माले बताए। “वाणिज्य सङ्घले खरीद गर्ने भनेको अदुवा जिल्लामा बिक्री नभएपछि केही बाहिर निर्यात गर्‍यौँ”, उनले भने, “बाहिर निर्यात गर्दासमेत फाइदा नभएपछि खेती नै गर्न छाड्यौँ ।” यहाँ अदुवा उत्पादनका लागि उपयुक्त भूगोल रहे पनि बिक्री नभएपछि कृषकले खेती गर्न छाडेका कृषि ज्ञान केन्द्रका प्रमुख दिनेशप्रसाद यादवले बताए। 

“हावापानीका हिसाबले खोटाङ अदुवाका लागि उपयुक्त भूगोल छ”, उनले भने, “अदुवालाई प्रशोधन तथा बजारीकरण गर्न सकेमा जिल्लाकै आर्थिक उन्नतिमा सघाउ पुग्ने सम्भवाभना देखिन्छ ।”

दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लामा यसअघिसम्म सबै स्थानीय तहका कृषकले अदुवाखेती गर्दै आएका थिए । उत्पादन गरेको अदुवा बिक्रीका लागि सम्बन्धित निकायले कुनै चासो नदिएपछि खेती गर्न छाडेको कृषकहरुले बताएका छन् । केदार मगर,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x