×

NMB BANK
NIC ASIA

पाकिस्तानमा निम्रिता कुमारीको मृत्युपछि विवाद

असोज १, २०७६

NTC
Premier Steels

काठमाडौं – पाकिस्तानको सिन्ध प्रान्तमा हिन्दू युवती निम्रिता कुमारीको मृत्युपछि यसनका लागि न्यायको माग बढेको छ । सामाजिक सञ्जालमा ह्याशट्याग जस्टिस फर निम्रिता ट्रेन्डमा छ । 

Muktinath Bank

प्रहरीले यो हत्या हो कि आत्महत्या हो भनी जाँच गरिरहेको छ । तर जुन परिस्थितिमा निम्रिताको मृत्यु भयो, त्यसलाई हेरेर मानिसहरू यो हत्या नै भएको बताइरहेका छन् र निष्पक्ष जाँच तथा कारवाहीको माग गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्विटरमा मानिसहरू यस विषयलाई जबर्जस्ती धर्मपरिवर्तन र अल्पसंख्यकमाथिको दमनका रूपमा हेरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

सिन्धको घोटकी जिल्लामा बस्ने निम्रिता लरकानास्थित बीबी आसिफा डेन्टल कलेजमा फाइनल ईयरमा थिइन् । सोमवार उनको शव कलेजको होस्टलमा एउटा कोठामा खाटमा बाँधिएको अवस्थामा पाइएको छ । प्रहरीले उक्त कोठाबाट निम्रिताको मोबाइल र अन्य सामान नियन्त्रणमा लिएर फरेन्सिक जाँचका लागि पठाएको छ । 

Vianet communication

निम्रिताको परिवारले उनको जघन्य हत्या भएको बताइरहेको छ । उनको शरीरमा भेटिएका घाउचोटको निशानबाट हत्या नै भएको उनीहरू बताउँछन् । 

उनका दाइ विशाल आफैं कराचीको एक मेडिकल कलेजमा चिकित्सक छन् । उनले बहिनीको जघन्य हत्या गरिएको बताए । उनले भने, ‘उसको शवमा धेरै ठाउँमा चोटको निशान छ । कसैले उसलाई पक्रेको जस्तो देखिन्थ्यो । हामीहरू अल्पसंख्यक हौं, कृपया हाम्रो सहायता गर्नुस् ।’

निम्रिताका काकाले उसको शवलाई चन्दका मेडिकल कलेज लगेकोमा प्रश्न उठाएका छन् । शवको पोस्टमोर्टम नगरेर किन अस्पतालको आईसीयूमा लगिएको हो भनी उनले प्रश्न गरे । 

प्रहरीले यस घटनामा आधिकारिक बयान दिएको छैन । यसको उजुरी समेत दर्ता गरिएको छैन । 

निम्रिताको मृत्युपछि सामाजिक सञ्जालमा आक्रोश देखिएको छ । पाकिस्तानमा अल्पसंख्यक हिन्दू, इसाइ, अहमदिया र सिखमाथि दमनका घटना सार्वजनिक भइरहेका हुन्छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x