कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हेटौंडा - प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । उनले आफूसँग भएको विज्ञान प्रविधिसँग सम्बन्धित आविस्कारका योजना प्रस्ताव प्रस्तुत गरेर त्यसको आविस्कारका लागि प्रदेश सरकारमार्फत आर्थिक सहयोग लिन अनुरोध गरे ।
विज्ञान प्रविधि दिवसका अवसरमा आज सामाजिक विकास मन्त्रालयको आयोजनामा मन्त्रालयको कार्यालय हेटौँडामा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री दुलालले विज्ञानको विकासका लागि राज्यले अनुसन्धानमा खर्च गर्नुपर्ने बताए ।
उनले प्रदेश सरकार र आफ्नो मन्त्रालय आफ्नो काम कर्तव्यबाट विमुख नहुने बताउँदै हरेक नागरिक आफ्नो काम कर्तव्यप्रति इमान्दार हुने हो भने देश आफँै बन्ने बताए ।
हामीले विद्यार्थी तथा बालबालिकालाई शिक्षा दिँदा राष्ट्रप्रति बफादार हुने खालको र आफ्नो दायित्व बोध गराउने खालको शिक्षा दिनुपर्ने उनको भनाइ थियो । 'हामीले त्यही गर्नुपर्छ, जे गर्नुपर्छ जस्तो हामीलाई लाग्छ तर हामीले फलानोले गर्दा बिग्रियो वा यसले यस्तो गरेन अथवा हिजोको सरकारले यस्तो गरेन भनेर कसैको मानमर्दन वा दोषारोपण गर्नु आवश्यक छैन,' उनले भने ।
नेपालीले आफूले के गरेभन्दा पनि अरुले के गरे भनेर व्याख्याता बनेर समय खेर फालिरहेको र आफ्नो आविस्कारभन्दा पनि अर्काको आविस्कारको प्रचारक बनिरहनु नै विज्ञान र प्रविधिको विकासको बाधक रहेकाले त्यो त्याग्नुपर्ने उनको धारणा थियो ।
मन्त्री दुलालले हामीले आफ्ना लागि र आफ्नो परिवारका लागि जति सोच्दछौँ त्यति नै देशको लागि पनि सोच्नुपर्ने बताए । कार्यक्रममा मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुवेदीले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार लागिपरेको बताए ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले हामीले भोगिरहेका समस्याको समाधान खोज्दै र समाधान गर्दै जाने हो भने विज्ञानको विकास हुने धारणा राखे ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...