कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
हेटौँडा–गोरखा भूकम्पबाट क्षति भएका मकवानपुरका दुई हजार ६४९ जना भूमिहीन लाभग्राहीलाई घर पुनःनिर्माणको स्वीकृति दिइएको छ ।
भूकम्पबाट प्रभावित मकवानपुरका लाभग्राहीलाई साविककै स्थानमा दुई चरणमा घर निर्माण गर्ने स्वीकृति दिइएको हो । जिल्ला समन्वय समिति मकवानपुरको विशेष पहलमा भूमिहीन लाभग्राहीलाई घर निर्माणका लागि स्वीकृति दिइएको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत गठित जिल्ला समन्वय समिति मकवानपुरका संयोजक तथा प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको संयोजकत्वमा बसेको बैठकले भूमिहीन लाभग्राहीलाई घर निर्माणको स्वीकृति दिइएको जनाएको छ ।
यसअघि बैठकले मकवानपुरमा एक हजार ६६६ जनालाई घर पुनःनिर्माणको स्वीकृति प्रदान गरिसकेको छ । बैठकले ५८९ भूमिहीन पूर्ण लाभग्राही र ३८४ लाई प्रवलीकरण लाभग्राही गरी ९७३ भूमिहीन लाभग्राहीलाई साविककै स्थानमा घर निर्माणको स्वीकृति प्रदान गरेको छ ।
हेटौँडा उपमहानगरपालिकामा २५३, बकैया गाउँपालिकामा १५५, मकवानपुरगढी गाउँपालिकामा ८५, मनहरी गाउँपालिकामा ६६, वाग्मती गाउँपालिकामा ११, भीमफेदी गाउँपालिकामा १०, राक्सिराँग गाउँपालिकामा चार, थाहा नगरपालिकामा तीन कैलाश गाउँपालिकामा एक र इन्द्रसरोवर गाउँपालिकामा एक गरी ५८९ जना भूमिहीन लाभग्राहीलाई आवास पुनःनिर्माणको स्वीकृति प्रदान गरिएको छ । पीडित लाभग्राहीलाई सार्वजनिक मुचुल्काका आधारमा स्थानीय तहको सिफारिसमा स्वीकृति दिने बताइएको छ ।
घर पुनःनिर्माणका लागि चार वर्षदेखि प्राधिकरणको निर्णय कुरेर बसेका भूमिहीन लाभग्राही भने यस निर्णयबाट खुशी भएका छन् । अब आफ्नो घर बन्नेमा ढुक्क भएका लाभग्राही छिटोभन्दा छिटो घर बनाउन शुरु गर्ने हेटौँडा– ९ का भूमिहीन लाभग्राही हरेराम परियार बताउँछन् ।
दशैँको मुखमा भएको यो निर्णयले दशैँमा झन खुशी थपेको बताउँदै उनी भन्छन्, 'अब घर बनाउने सपना त पूरा होला जस्तो छ तर त्यति रकमले भने अलि पुग्दैन यसका लागि थप रकम ऋण पनि उपलब्ध भए झन सुनमा सुगन्ध हुन्थ्यो ।'
उनको परिवार हाल ऐलानी जग्गामा बनेको छाप्रोमा बस्न बाध्य छ । साथै भूमिहीन स्थानीय निकायमा सिफारिसका लागि पुगेको बुझिएको छ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...