माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा विपक्षी डेमोक्रेटिक पार्टीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको छ । अमेरिकी कंग्रेसले राष्ट्रपतिलाई पुर्पक्षमा राख्ने अनि दोषी ठहर भएमा पदबाट हटाउने विषयमा छलफलका लागि प्रस्ताव पेश गरिएको हो ।
ट्रम्पले अर्को वर्ष हुन लागेको राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनविरुद्धको गलत कुरा पत्ता लगाउन युक्रेनलाई दबाब दिएको आरोप छ ।
अमेरिकाको निर्वाचन कानूनअन्तर्गत व्यक्तिगत राजनीतिक लाभका लागि विदेशीहरूको सहयोग लिनु अवैध काम हो । ट्रम्पले बाइडनविरुद्धको सूचना लिने प्रयास गरेर अवैध काम गरेको आरोप छ । तर बहालवाला राष्ट्रपतिविरुद्ध फौजदारी कसूरको अभियोग लगाउन मिल्दैन । उनलाई कंग्रेसले महाअभियोग लगाउन चाहिँ सक्छ ।
सन् २०१७ को मे महिनादेखि सन् २०१९ को मार्च महिनासम्म ट्रम्पमाथि स्पेसल काउन्सेल रोबर्ट मुलरले छानबिन गरेका थिए । ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचन अभियानमा रुसको सहयोग लिन षड्यन्त्र गरेको अनि त्यसमाथि भएको अनुसन्धानका क्रममा बाधाअवरोध गरेको विषयमा मुलरले छानबिन गरेका थिए ।
फेरि एकपटक अमेरिकी राष्ट्रपतिले चुनाव आफ्नो पक्षमा पार्न विदेशी सहयोग लिएको आरोप लागेपछि हंगामा मच्चिएको छ । मुलरले कंग्रेससमक्ष बयान दिएको भोलिपल्ट जुलाई २५ मा ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग बाइडनविरुद्धको सूचना दिन अनुरोध गरेका थिए ।
एकजना सूचनादाता (ह्विसलब्लोअर) ले यस विषयमा उजुरी गरेपछि ट्रम्पको अवैध कामका विषयमा प्रमाण सार्वजनिक गरिएको छ । जुलाई २५ मा भएको उक्त संवादको सम्पादित लिखत ह्वाइट हाउसले सार्वजनिक गरिसकेको छ । ट्रम्पले युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीसँग फोनमा कुरा गरेका थिए ।
‘हामीलाई तपाईंले एउटा सहयोग गर्नुपर्यो,’ ट्रम्पले जेलेन्स्कीलाई भने । ‘बाइडनको छोराका विषयमा थुप्रै कुरा आएको छ । धेरैजनाले त्यसको बारेमा थाहा पाउन खोजेका छन् ।’
उक्त फोनकलमा ट्रम्पले जेलेन्स्कीलाई आफ्ना व्यक्तिगत वकिल न्युयोर्कका पूर्वमेयर रुडी जिलियानी र महान्यायाधिवक्ता विलियम बारसँग सीधा सम्पर्क गरेर बाइडनका गतिविधिको अनुसन्धान गर्न भनेका थिए ।
नाम नखुलाइएका जासूसी अधिकारीले सूचना सार्वजनिक गरेका हुन् र उनले पेश गरेको उजुरी बिहीवार सार्वजनिक गरिएको छ । उजुरीमा ट्रम्पको व्यवहारका सम्बन्धमा थप क्षति पुर्याउने आरोप लागेको छ र उक्त अधिकारीले त्यस्तो व्यवहारबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम पर्ने बताएका छन् ।
उक्त फोनकलका विस्तृत विवरणलाई ढाकछोप गर्न ह्वाइट हाउसले चालेको कदमका बारेमा पनि उजुरीमा उल्लेख छ ।
जो बाइडनका माहिला छोरा हन्टर बाइडन सन् २०१४ को अप्रिल महिनामा युक्रेनको ठूलो ग्यास कम्पनी बुरिस्माको बोर्डमा तलब लिएर बसेका थिए । त्यतिखेर रुसले समर्थन गरेको युक्रेनी सरकारलाई व्यापक विरोध प्रदर्शनपछि हटाएर नयाँ सरकार बनाएको दुई महिना मात्र भएको थियो ।
जो बाइडनले ओबामा प्रशासन र युक्रेनको नयाँ सरकारबीच सम्पर्क बनाए । सन् २०१६ को मार्च महिनामा उनले कीएभको नयाँ सरकारलाई भ्रष्टाचार अन्त्य नगरिएसम्म अमेरिकाले एक अर्ब डलरको ऋण सहयोग रोक्ने बताए अनि देशका महान्यायाधिवक्ता भिक्टर शोकिनलाई पनि हटाउन भने ।
ट्रम्प र उनका प्रमुख सल्लाहकारहरूले यी तथ्यलाई आफ्नो पक्षमा उपयोग गर्न सकिने ठाने । उनीहरूको भनाइमा बाइडनले शोकिनलाई बर्खास्त गर्न युक्रेनलाई दबाब दिए किनकि शोकिनले बुरिस्मा र उक्त कम्पनीमा हन्टर बाइडनको भूमिकाका विषयमा अनुसन्धान गरिरहेका थिए ।
तर ट्रम्पको यस धारणामा अनेकौं समस्या छन् । ब्लूमबर्गले रिपोर्ट गरेअनुसार, शोकिनलाई बर्खास्त गरिँदा बुरिस्मामाथिको अनुसन्धान निष्क्रिय थियो । अन्य युरोपेली नेताहरूले पनि शोकिनलाई हटाउन पैरवी गरेका थिए ।
युक्रेनी अधिकारीहरूले पनि जो वा हन्टर बाइडनले कुनै गल्ती गरेको प्रमाण नभेटिएको बताएका छन् । जो बाइडनले आफ्नो छोरोको विदेशी कारोबारका बारेमा कहिल्यै कुरा गर्ने नगरेको बताएका छन् ।
यस काण्डले ट्रम्पमाथि महाअभियोगको तरवार झुण्ड्याएको छ । तर महाअभियोग पूर्णतया राजनीतिक प्रक्रिया हो र फौजादरी अभियोग हैन । त्यसैले ट्रम्पमाथिको संकट कंग्रेसले व्याख्या गरेअनुरूप गम्भीर छैन ।
सरसर्ती हेर्दा ट्रम्पलाई अप्ठ्यारो पर्ने देखिन्छ । अहिलेसम्म त कंग्रेसमा न्यान्सी पेलोसीको नेतृत्वमा रहेको डेमोक्रेटिक पार्टीले महाअभियोगको बाटो नजाने भनिरहेको थियो किनकि यसले पार्टीलाई विभाजन गर्ने र मतदाताहरूलाई चिढ्याउने डर उनीहरूमा थियो ।
तर युक्रेन काण्डपछि सबै हिचकिचाहट हटेका छन् र बहुसंख्यक डेमोक्रेटहरूले विकल्पका रूपमा महाअभियोगलाई अघि सार्ने मन बनाएका छन् । पेलोसी पनि यसमा सहमत छिन् । त्यसमाथि नेसनल इन्टेलिजेन्सका कार्यकारी निर्देशक जोसेफ मग्वायरले बिहीवार हाउस इन्टेलिजेन्स कमिटीको सुनुवाइमा सूचनादाताले सही काम गरेको र यो अभूतपूर्व परिस्थिति हो भने ।
यसबाट अब ट्रम्पमाथि संसद्ले अनुसन्धान गर्ने अनि महाअभियोग लगाउने सम्भावना बढेको छ । उनीविरुद्ध आर्टिकल्स अफ इम्पीचमेन्ट भनिने औपचारिक आरोप लगाइन सक्छ । अनि माथिल्लो सदन सिनेटमा पुर्पक्ष गरिनेछ र त्यहाँ दुईतिहाइले ट्रम्पलाई कसूरदार ठहर गरेमा ह्वाइट हाउसबाट निकाल्नेछ ।
सिनेटमा अहिले रिपब्लिकन पार्टीको बहुमत छ । रिपब्लिकनका ५३ सिनेटर छन् भने ४७ जना डेमोक्रेट र स्वतन्त्र छन् । महाअभियोग पारित हुन २० जना रिपब्लिकनहरूले आफ्नै दलका राष्ट्रपतिविरुद्ध मत दिनुपर्ने हुन्छ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार रहिसकेका मिट रोम्नी जस्ता सिनेटरले ट्रम्पको कार्य समस्याग्रस्त रहेको बताएको भए पनि ट्रम्पविरुद्धको महाअभियोग पारित हुने सम्भावना निकै क्षीण छ ।
द गार्डियनमा प्रकाशित एड पिल्किङटनको विश्लेषण
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...