भारतका प्रधानमन्त्री मोदीकी भतिजीको पर्स चोर्ने व्यक्ति पक्राउ

असोज २६, २०७६

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी भतिजीको पर्स खोसेर भाग्ने दुईमध्ये एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

उक्त व्यक्तिको नाम नोनू हो र उसले मोदीकी भतिजी दमयन्ती बेनको पर्स र मोबाइल फोनहरू खोसेको थियो । प्रहरी ती सामानहरू बरामद गरेको छ । 


ADVERTISEMENT

शनिवार दिल्लीको एलजी हाउसबाट केही कदम मात्र टाढा रहेको गुजराती समाज भवनको गेटमा दमयन्तीको पर्स दुईजनाले लुटेका थिए । 

दमयन्ती बेन परिवारसँग पुरानो दिल्ली रेलवे स्टेसनबाट ट्याम्पु लिएर जाँदै गर्दा अगाडिबाट सेतो रंगको स्कूटीमा आएका दुई मानिसले उनको हातको पर्स लिएर फरार भएका थिए । 

दमयन्तीको ब्यागमा लगभग ५६ हजार भारु, दुई मोबाइल फोन अनि प्यान कार्ड र अन्य आवश्यक कागजात थिए । सिभिल लाइन्स प्रहरीले मुद्दा दर्ता गरेर नजिकैका सीसीटीभी क्यामराहरूको फूटेज लिएको थियो । त्यसमा स्कूटीमा बसेका चोरहरू देखिएका थिए । रात अबेर आरोपितहरूकहाँ प्रहरी पुगिसकेको थियो । 

दमयन्ती आफ्ना पति विकास मोदी र दुई छोरीहरूका साथ गुजरातको सुरतमा बस्छिन् । उनी परिवारसँग शनिवार अमृतसरबाट दिल्ली फर्केकी थिइन् । शनिवार साँझ ४ बजे उनले अहमदाबादका लागि फ्लाइट लिनुपर्ने थियो । 

पुरानी दिल्ली रेलवे स्टेसनबाट बिहान साढे ६ बजे ट्याम्पु चढेर उनीहरू सिभिल लाइन्समा गुजराती समाज भवन पुगेका थिए । त्यहाँ उनीहरूको कोठा बूक गरिएको थियो । 

दमयन्तीका अनुसार, मेन गेटमा ट्याम्पुबाट ओर्लिएर उनले सामान सम्हाल्दै गर्दा स्कूटरमा आएका दुई मानिसले पर्स खोसेर भागेका थिए । 

एजेन्सी

असोज २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार