×

NMB BANK
NIC ASIA

विस्फोटको राति नै प्रहरी इन्चार्जको सरुवा

कात्तिक ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मोहम्मद अफ्ताव आलमको गाउँ फरहदवासमेत हेर्ने इलाका प्रहरी कार्यालय राजपुरका इन्चार्ज थिए इन्स्पेक्टर इन्द्र सुवेदी । २७ चैत ०६४ को साँझ ६ः१५ मा आलमको गाउँमा विस्फोट भयो । घटना के–कसो हो भनेर बुझ्न सुवेदीको नेतृत्वमा प्रहरी परिचालन भइसकेको थियो । उनी घटनास्थलमा पनि पुगिसकेका थिए, तर राति १० बजे ‘माथि’बाट आएको फोनले सुवेदीको सरुवा भयो । आफ्नो इलाकामा भएको भयानक घटनाको अनुसन्धान गर्न नपाई प्रहरी इन्चार्ज राति नै गौर पठाइयो । लगत्तै उनको ठाउँमा इन्स्पेक्टर राजीव बस्नेत गए । तर, बस्नेत र जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मण न्यौपानेले अनुसन्धान होइन, घटना नै भएको छैन भन्नतर्फ  लागे । 

Muktinath Bank

अहिले डिएसपीको रूपमा प्रहरी प्रधान कार्यालयमा कार्यरत सुवेदीले राति नै आफ्नो सरुवा भएकाले घटनाको विषयमा आफूले यकिनसाथ केही भन्न नसक्ने बताए । ‘म भर्खरै इन्स्पेक्टर भएको थिएँ, त्यो ठाउँमा पनि भर्खरै गएको थिएँ, बम विस्फोट भयो भन्ने हल्ला आइरहेको थियो, स्थिति अन्धाधुन्ध थियो,’ उनले भने, ‘अहिले चर्चामा रहेको घटनास्थलमा म पुगेको थिएँ, त्यहाँ के भएको थियो भनेर राम्ररी बुझ्न बाँकी थियो, राति नै १० बजे जिल्ला सरुवा गरियो । अर्को इन्स्पेक्टरसाप त्यहाँ जानुभयो, त्यसपछिको जानकारी मलाई हुने कुरै भएन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बम विस्फोट गराएर जनता भगाउने र बुथ कब्जा गरेर चुनाव जित्ने योजनाका साथ आलमको निर्देशनमा बन्दै गरेका बम अचानक विस्फोट भएपछि पूरै क्षेत्र थर्किएको स्थानीयहरूको भनाइ छ । भारतको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने २२ वर्षका त्रिलोकप्रताप सिंह पिन्टु र दुबईको रोजगारीबाट भर्खरै आएका २१ वर्षीय वसी अख्तरलाई आलमले जबरजस्ती आफ्नो प्रचारमा लगेका थिए । बम बनाउँदै गरेका अरू थुप्रैसहित यी दुई होनाहार युवा पनि घाइते भएका थिए । 


Advertisment
Nabil box
Kumari

घाइतेलाई उपचार गर्नुको सट्टा राति नै जिउँदै इँटाभट्टामा हालेर पोलिएको थियो । सबैभन्दा भयानक विषय के छ भने राति १० बजे इन्स्पेक्टरको सरुवा भएको छ, ११ बजे घाइतेहरूलाई ट्र्याक्टरमा हालेर इँट्टाभट्टातर्फ लगिएको छ । अझ प्रत्यक्षदर्शी मसमुल मियाँले नयाँ पत्रिकासँगै भनेका छन्, ‘ट्र्याक्टरलाई प्रहरीको गाडीले स्कर्टिङ गरेको थियो ।’ यो दृश्यले प्रहरीको नेतृत्वहरू अनुसन्धान फितलो बनाउन मात्र होइन, घटनामा आफैँ संलग्न भएको देखिन्छ । 

Vianet communication
Laxmi Bank

छोराहरू मारिएको भन्दै उजुरी गर्न गएका बाबुआमालाई प्रहरीले उल्टै हप्कीदप्की गरेर पठाएको थियो । मृतकका परिवार काठमाडौं आएपछि अध्ययनका लागि मानवअधिकार टोली घटनास्थलमा गएको थियो । २० दिनपछि पनि प्रहरीले गाउँमा त्यस्तो घटनै नभएको दाबी गरिरहेको थियो । मानवअधिकारवादी टोलीलाई जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी न्यौपानेले पिन्टु र वसीका बाबुआमा नै प्रहरी प्रशासनलाई बदनाम गराउने षड्यन्त्रमा लागेको आरोप लगाएका थिए । ‘घटना भएको छैन, कसैको पनि ज्यान गएको छैन ।

पीडितका नाममा प्रहरी प्रशासनलाई बदनाम गराउने काम भएको छ,’ एसपी न्यौपानेको भनाइ थियो । तर, उनले आफैँ अर्को प्रसंगमा घटना भएको स्वीकार गर्दै लेनदेनमा मिल्न लागेको जानकारी पनि दिएका थिए । ‘आलमले पीडितलाई दुई लाख ५० हजार दिन खोजेका छन्, तर पीडितहरूले १० लाख खोजेका छन् । त्यसैले यो विषय मिल्दै छ,’ उनले अनुसन्धान टोलीलाई भनेको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

विस्फोटमा घाइते भएकालाई जीवितै इँट्टाभट्टामा हालेर खरानी बनाइएको यस्तो जघन्य अपराधमा मिलापत्र हुँदै छ भनेर प्रहरी तमासे बनेको यो उदाहरण झन् आश्चर्यजनक छ । तर, यो विषय एसपी न्यौपानेको व्यक्तिगत स्वार्थसँग मात्र जोडिएको थिएन, सिंगो शक्ति नै यसमा लागेको थियो । त्यसैले पीडितहरूले पटक–पटक गुहार गर्दा पनि प्रहरीले उजुरी लिन मानेन, जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन मानेन, महान्यायाधिवक्ताको कार्यालयले समेत पीडितको निवेदन खारेज गरिदियो । पीडितहरू सर्वोच्च पुगेपछि सुशीला कार्की र डा. भरतबहादुर कार्कीको इजलासले घटनालाई गम्भीर भन्दै मुद्दा चलाउन आदेश दिएको थियो । त्यसको पनि सात वर्षसम्म प्रहरी प्रशासन चुप लागेर बसेको थियो । सर्वोच्चले ६ पटक ताकेता गरेपछि मात्र अहिले आलम पक्राउ परेका छन् र मुद्दा चलाउन तयार भएका छन् । विस्तृत खबर नयाँ पत्रिकामाम छापिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x