×

NMB BANK
NIC ASIA

थरुहट मोर्चालाई सरकारले टेरेन, अल्टिमेटम गुज्रेपछि आन्दोलनमा

माघ २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दिइएको अल्टिमेटमप्रति सरकारले सुनुवाइको कुनै छाँट नदेखाएपछि थरुहट /थारुवान मोर्चा आन्दोलनमा उत्रिएको छ ।

Muktinath Bank

मोर्चाले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी विहिबारदेखि आमरण अनसनसहितको आन्दोलनको कार्यक्रममा उत्रिन लागेको हो । मोर्चाले कैलालीको धनगढीस्थित गुरही चोक (क्याम्पस चौक)मा आमरण अनसन बस्ने जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले आफुहरुले सांसद रेशम चौधरीलगायतलाई जेलबन्दीको रिहाई, टीकापुर घटनावारे सत्यतथ्य छानविन गर्न पूर्व न्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नलगायत माग गरेको बताए ।


Advertisment
Nabil box
Kumari

तर सरकारले २० दिनसम्म कुनै सुनुवाई नगरेपछि आमरण अनसनसहितको आन्दोलनमा उत्रिएको संयोजक थारुको भनाइ छ । थारु समुदायको विभिन्न साांस्कृतिक झाँकीसहित अनसनमा बस्ने जनाइएको छ ।

Vianet communication
Laxmi Bank

मोर्चाका संयोजक थारुले शान्ति र सद्भावको लागि फागुन १ गतेदेखि आन्दोलनको घोषणा गरेको समेत बताए । उनले आफ्नै नेतृत्वमा आमरण अनसन बसिरहेको बताउँदै  फागुन २ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन गरिने र त्यतिले नभए फागुन ५ गतेदेखि ३ दिन आमहड्तालको घोषणा गर्ने चेतावनी दिए ।

यसैबीच यसैबीच संयुक्त खस क्षेत्री नेपालले मोर्चाको आन्दोलनप्रति ऐक्येवद्धता जनाएको छ ।

संयुक्त खस क्षेत्री नेपालका सुदूरपश्चिम अध्यक्ष रघुवीर ठगुन्नाले राज्य पुनःसंरचनाको क्रममा खसहरुलाई अन्यायमा पारेको दुखेसो सुनाए ।

आफुहरुलाई खसआर्य भनी एउटैमा राखेपछि अन्यायमा परेको बताउँदै उनले थरुहट आन्दोलनप्रति एक्येवद्धता जनाएको उल्लेख गरे ।

मोर्चाले १४ बुुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ । माघ ८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

मौजुदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सुदूरपश्चिम प्रदेश आफुहरुलाई अमान्य रहेको बताउँदै आएको मोर्चाले पहिचानको आधारमा १० जोड १ कायम गरी राज्यको पुनःसंरचना गरिनुपर्ने माग सारेको छ ।

थरुहट आन्दोलनको क्रममा २०७२ भादौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा १ नाबालकसहति ८ प्रहरीको ज्यान गएको थियो । भने ८० भन्दा बढी थारु समुदायको घर, पसल, एफएममा आगजनि गरिएको थियो ।

सो घटना घटनाको अभियोगमा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित २७ जना विरुद्ध विभिन्न मुद्धा चलायो । तर मोर्चाले राजनीतिक आन्दोलनको क्रममा घटना घटेको जनाउँदै राजनीतिक ढंगले नै समाधान खोजिनुपर्ने माग राख्दै आएको छ । साथै आफुहरुमाथि झुठ्ठा मुद्धा लगाएको मोर्चाको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x