×

NMB BANK
NIC ASIA

निपेश ढाका : जोसँग छ नेपाललाई प्लास्टिकमुक्त बनाउने ‘भिजन’

फागुन २, २०७६

NTC
Premier Steels

प्लास्टिकजन्य फोहोरले नेपालको पर्यावरणमा गम्भीर असर पुर्‍याइरहेको छ । पोलेथिनको प्रयोग विश्वका अधिकांश देशहरूमा भएपनि उनीहरूले सही व्यवस्थापन गरेका पनि छन् । तर नेपालमा प्लास्टिकको सही व्यवस्थापन नहुँदा यसले विकराल रूप लिँदैछ । राज्यले प्लास्टिकको व्यवस्थापनमा खासै चासो पनि देखाएको पाइँदैन ।

Muktinath Bank

तपाईं हामीले जथाभावी फाल्ने प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यास अवलम्बनमा रुपन्देहीका एक युवा लागिपरेका छन् । उनी हुन्- शून्य पोलिथिन अभियन्ता ढाकामोहन अधिकारी अर्थात् निपेश ढाका ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वातावरणविद् ढाका अहिले जिल्लाको तिलोत्तमा नगरलाई शून्य पोलिथिन बनाउन रातदिन खटिएका छन् । अध्ययनका लागि युरोप पुगेका उनलाई त्यहाँ सुखसयल र पर्याप्त अवसर हुँदाहुँदै पनि त्यसलाई चटक्कै छाडेर नेपालमै मानिसहरूले सडक, जंगल बाटोघाटो र पुल, नहरमा फालेका फोहोर संकलन गरेर देशको पर्यावरण सन्तुलनमा राख्न लागेका हुन् ।


Advertisment
Nabil box
Kumari

जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिकमा पूर्ण छात्रवृत्तिमा ‘इन्भाइरमेन्टल साइन्स’मा २०६९ मा जर्मनीबाट एएसीको पढाई सकेर उनी नेपाल फर्किए । त्यसलगत्तै नेपालको मानव सभ्यता र पर्यावरणमा पार्ने प्रभावबारे अध्ययन गर्न थाले । नेपालका ६७ जिल्ला पुगेर वातावरण प्रदुषणसम्बन्धी ८० मिनेटको ‘मिलानकोली डकुमेन्ट्री’ तयार पारे । डकुमेन्ट्रीमा एउटा गीत पनि छ । नेपालका राष्ट्रिय कलाकार (३६५) जनाले गाएको एउटा गीत गिनिज बूक अफ् वर्ल्डमा लेखिएको छ । उक्त गीतको निर्देशन उनी आफैंले गरेका हुन् ।

Vianet communication

ढाकाले निर्माण गरेको सामग्री प्रदर्शन गर्न फ्रान्स, जर्मनी, नर्वे, डेनमार्क तथा बेल्जियमलगायतका देश पुग्दा ‘ग्लोबल वार्मिङ’ बारे उनले थोरबहुत जान्ने अवसर पाए । त्यसैपछि ढाका गतवर्ष रूपन्देही आए । अनि उनले आफ्नो ज्ञान बाँड्ने परिकल्पना गरे- प्लास्टिकमुक्त योजना ।

उनले जिल्लाका विभिन्न ५० भन्दा बढी विद्यालयमा आफूले बनाएको डकुमेन्ट्री देखाए । नयाँ र फरक काम गर्दै आएको तिलोत्तमा नगरसँग ढाकाले आफ्नो योजना अनुसार नगरलाई प्लास्टिकमुक्त बनाउने सकिने योजना देखाए । उनको योजनामा नगर पनि सहमत भएसँगै अहिले तिलोत्तमा शून्य प्लास्टिक बनाउने अभियान अन्तिम चरणमा पुगेको छ ।

उनले भने, 'नगरप्रमुख बासुदेव घिमिरे केही नयाँ काम गर्ने भिजन भएको नेता हुनुहुँदो रहेछ । मेरो योजनामा उहाँ सहमत भएपछि नगरलाई शून्य पोलिथिन बनाउनतर्फ लागियो ।’

उनका अनुसार अहिलेको परिवेशमा प्लास्टिक प्रयोग बन्देज लगाउने कुरा सम्भव छैन । भन्छन्- प्लास्टिक पनि हामीले दिशापिसाबको व्यवस्थापन गरे जसरी नै गर्ने हो । यो गर्न सम्भव छ, सकिन्छ पनि ।’

उनी बिहान सँधैं तीन बजे उठ्छन् ।

आफ्नो नित्यकर्म गरेपछि कार्यतालिका अनुसार कुन ठाउँमा फोहोर उठाउने हो, त्यहाँ पुगिहाल्छन् । उनको अभियानमा श्रीमती र छोराले पनि साथ दिएका छन् ।

तिलोत्तमाका १७ वडाहरूमध्ये हालसम्म ७ वटा शून्य प्लास्टिक घोषणा भइसकेका छन् । उनी भन्छन्, ‘अबको एक हप्ताभित्र तिलोत्तमा नगरपालिका प्लास्टिकमुक्त नगर घोषणा हुँदै छ । जुन नेपालकै पहिलो प्लाष्टिकमुक्त नगर बन्दै छ । घोषणाको क्रममा विश्वकै कीर्तिमानी कक्षा सञ्चालन गरिँदै छ । तिलोत्तमा मणिग्राममा हुने घोषणासभामा तिलोत्तमाका २० हजार विद्यार्थी तथा १० हजार अभिभावकसहितको कक्षा चल्नेछन् ।’

उनले नगरबाट जनसमुदायलाई जुटाएर ३५ हजार बोरा प्लास्टिकजन्य फोहोर उठाएका छन् । 'अब १५ हजार बोरा फोहोर उठाए नगर सुन्दर र प्लास्टिकरहित नगर बन्छ । ५० वर्ष अगाडिसम्म फोहोरो, प्लास्टिक, कन्डम देखि सिरिन्ज पनि टिपेँ । म आफैं सरसफाईमा जुटेपछि जनताले लज्जाबोध महसूस गरे । आफैं सरसफाई र फोहोर टिप्न जुटेँ,’ उनले भने ।

ढाकासँगै तिलोत्तमा ८० हजार जनताले फोहोर संकलन गरे । संकलित ‘पोलिथिन’ तिलोत्तमा वडा नम्बर ८ मा सञ्चालनमा आएको फोहोर प्रशोधन केन्द्रमा पुर्‍याएर प्रशोधनपछि बिक्री गरिन्छ ।

चेतनाको विकास गर्न सके सबै कुरा सम्भव रहेको उनको बुझाइ छ । उनको अभियानपछि तिलोत्तमावासीले प्लास्टिकको सट्टा जुटको झोला र अन्य फाइवरको झोलाहरू प्रयोग गर्न थालेका छन् ।

‘विश्वका सबै देशहरूमा प्लास्टिकको प्रयोग धेरै छ । तर तिनीहरूले प्रयोग गरेपछि त्यसलाई सही व्यवस्थापन गरेका छन् । हाम्रोमा त्यो छैन, कि पुन प्रयोग गर्नुपर्छ, नत्र फोहोरको रूपमा संकलन गर्नुपर्छ । त्यसलाई सही व्यवस्थापन गर्नुपर्छ ।’

उनीसँग नेपाललाई पनि पूर्ण रूपमा प्लास्टिकमुक्त देश बनाउने भिजन छ । ‘सरकारले चाहेमा म नेपाललाई तीन महिना र काठमाडौं उपत्यकालाई प्लास्टिकमुक्त बनाउन सकिन्छ,’ उनी दावी गर्छन् । मानिसमा चेतनाको विकास गर्ने र नेतृत्व वर्गले बुझन सके देशलाई पोलोथिनमुक्त बनाउन गाह्रो नभएको उनको भनाइ छ ।

तिलोत्तमा लगत्तै उनी बुटवललाई पनि प्लास्टिकमुक्त बनाउने सोचमा छन् । त्यसका लागि स्थानीय सरकार तयार हुनुपर्ने उनको भनाइ छ । नेपालको वातावरण पूर्ण रूपमा बिग्रिएको नभई विग्रिने चरणमा रहेको उनको अध्ययनको निष्कर्ष छ ।

उनी फोहोर व्यवस्थापनजस्ता वातावरणका कुरालाई विद्यालयस्तरबाटै सिकाउन जरुरी रहेको बताउँछन् ।

 यो अभियानलाई टोलटोलमा लग्ने र परिवर्तन आफैंबाट शुरू गर्ने हो भने वातावरण सन्तुलनमा आउने उनको भनाइ छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ अस्तोममा जन्मिएका ढाका गीत संगीतमा पनि विशेष रुचि राख्छन् । उनको सन्देश छ, 'देशमा केही सकारात्मक र राज्यलाई सन्देश दिने काम गर्न युवाले सक्छन् ।'

३८ वर्षीया ढाकाका ६ वटा विधि छन् । ती हुन् फोहोर संकलन गर्ने प्रक्रियात्मक, संघात्मक, अन्तरक्रियात्मक, सामाजिक, कानून र दण्ड जरिवाना । ‘हाम्रो वातावरण र मानिसको स्वास्थ्य एकअर्कासँग सम्बन्धित कुरा हुन् । नेपालीले त्यस कुराप्रति ध्यान दिएको पाइँदैन । हाम्रा आनीबानीले गर्दा आफू बस्ने वरपरको वातावरण बिग्रिएको हो । यही कुरा समाजमा लिएर जान पनि सहज छैन,’ ढाका भन्छन्, ‘देश र समाजको काम गर्दा के स्वार्थले गरेको छ भन्ने आरोप पनि नआएका होइनन् । तर जसले जे भने पनि म नेपालको वातावरण संरक्षणको अभियानबाट पछाडि हट्दिनँ,’ उनले थपे, ‘युरोपमा कति राम्रो अवसर थियो । तर ती सबैलाई त्याग गरी नेपालमै नयाँ काम गर्ने सोचमा म नेपाल आएर यो अभियानमा जुटेको हुँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x