×

NMB BANK
NIC ASIA

सडक कालोपत्र भएसँगै फेरियो गाउँको मुहार

फागुन ६, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बजारदेखि पश्चिम बिरिङखोलाको किनारसम्म सडक कालोपत्र गरिएसँगै त्यस क्षेत्रका सर्वसाधारण हर्षित भएका छन् ।

Muktinath Bank

सुगम जिल्लाका रूपमा चिनिएको झापाको पनि दुर्गम गाउँका रूपमा रहेको बाह्रदशी गाउँपालिकामा सडक कलोपत्र हुन थालेसँगै स्थानीयवासी हर्षित भएका हुन् । आदिवासी समुदायको बाहुल्य रहेको भागुडुब्बा विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो । मुलुक सङ्घीयतामा गएसँगै स्थानीय तहको निर्वाचनपछि यस गाउँपालिकामा अहिले विकास निर्माणका कामले गति लिएको छ । योसँगै स्थानीयवासीसमेत हर्षित बनेका हुन् ।
 
 सीमाक्षेत्र विकास कार्यक्रमअन्तर्गत रु ४१ लाखको लागतमा गाउँपालिकाभित्र भागुडुब्बा बजार पश्चिम बिरिङखोलाको किनारसम्मको सडक कालोपत्र गरिएसँगै आवागमनमा सहज भएको स्थानीयवासीको भनाइ छ । अहिले गाउँपालिकाले ३ नं वडाको राजगढबजार र आसपासको सडक रु एक करोड खर्च गर्दै कालोपत्र गरेको छ । योसँगै गाउँपालिकाभित्र रहेका अन्य सडकको समेत कालोपत्रका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्दै काम अघि बढाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'भागुडुब्बाबाट बिरिङखोलासम्म  सडकमा गरिएको कलोपत्र गाउँपालिकाभित्रकै पहिलो र नमूना सडक हो', वडा नं १ का अध्यक्ष शम्भुसिंह राजवंशीले भने, 'यो सडक निर्माणसँगै यस क्षेत्रका स्थानीयवासीलाई भागुडुब्बा र राजगढबजार आउन तथा भारतीय बजार दिघल बैंकसम्म जानसमेत सहज भएको छ ।'
 
गाउँपालिकाले अहिले सडक कालोपत्र, गाउँगाउँमा विद्युत् विस्तारसँगै विकासका पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेसँगै गाउँकै मुहार फेरिएको स्थानीयवासी दिलीप राजवंशी बताउँछन्। उनी भन्छन्, 'गाउँमा यति राम्रो सडक बन्ला भन्ने लागेकै थिएन, वर्षाैँदेखि  धुलाम्मे र  हिलाम्मे सडकमा हिँड्न बाध्य थियौँ, अहिले सडक कालोपत्र भएसँगै दक्षिणी झापाका हामी सबैलाई सहज भएको छ ।'
  
सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिलैहिलो हुने समस्या हटेर गएको स्थानीयवासी पुष्पा यादवले बताए। उनले भने, 'घर अगाडिको बाटो कालोपत्र हुँदा छुट्टै आनन्द हुँदोरहेछ । छोराछोरीलाई स्कूल पठाउन पनि पहिला समस्या थियो, अहिले नानीहरु साइकलमा आफैँ स्कूल जान्छन् ।'


Advertisment
Nabil box
Kumari

उनका अनुसार सडक कालोपत्र गर्नुअघि वर्षात्को समयमा सडकमा परेका खाल्डाखुल्डीका कारण पानी जम्ने गरेकाले गाउँमा कोही बिरामी हुँदा एम्बुलेन्स ल्याउने अवस्था थिएन । 'अहिले त्यो सबै समस्या हटेर गयो', यादवले भने, 'यहाँ बाटो मात्रै होइन वडाध्यक्षका रूपमा शम्भुसिंहलाई पाएपछि यो ठाउँको मुहारै फेरियो ।' 

Vianet communication
Laxmi Bank

गाउँगाउँका सडक कालोपत्र गरेसँगै बाह्रदशी गाउँपालिका मात्र होइन, झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकाका स्थानीयवासीसमेत खुशी देखिएका छन् । अहिले शहरका सडकभन्दा गाउँका सडक राम्रा भएपछि स्थानीयवासीमा उत्साह छाएको झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए। 'झापा गाउँपालिकाको पहिलो प्राथमिकता नै विकास निर्माण हो । त्यसमाथि पनि शिक्षासँगै सडक निर्माण, खानेपानी, विद्युत्, कृषिलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको छ', उनले भने, 'अहिले हामी गाउँगाउँका सबै सडक कालोपत्र गरिरहेका छौँ, रु २० लाखमाथिका सबै योजना बोलपत्र प्रक्रियाबाट सडक कालोपत्र गरिरहेका छौँ ।'

गाउँ जोड्ने ठूला मात्र होइन साना सडक पनि कालोपत्र गरेर चिल्लो बनाइएका कारण झापाको दक्षिणी क्षेत्रका सबै सडक चिटिक्क परेका छन् । सडक सञ्जालको पहुँच नपुगेको झापाका दुर्गम गाउँमा पनि अहिले सडक विस्तारसँगै कालोपत्र गर्न शुरु गरेसँगै स्थानीयवासी हर्षित देखिएका छन् । स्थानीय तहको निर्वाचनअघि झापाका मुख्य शहर विर्तामोड, दमक, अर्जुनधारा, काँकडभिट्टा र भद्रपुर जोड्नेबाहेक अन्य सडक पक्की थिएनन् । जिल्लामा दुर्गम मानिने कचनकवल गाउँपालिका क्षेत्रमा अहिले कालोपत्र दुईलेन सडक पुगेको छ । 

सडक कालोपत्र भएकै कारण गाउँका नागरिक बजार पुगेर समयमै घर फर्किन्छन् । ठूलाठूला यात्रुवाहक बस गाउँमै आउन थालेका छन् । बाह्रदशी गाउँपालिका–३ राजगढका वडा सदस्य लक्ष्मी निरौला अधिकारीले भने, 'गाउँमा थुप्रै विकास गर्न बाँकी छ, हामी प्राथमिकताका आधारमा विकास निर्माणका काम गरिरहेका छौँ । पहिलो प्राथमिकतामा सडकलाई राखेका छौँ ।'

कालोपत्र सडक गाउँमै पुगेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको छ । गाउँमा उत्पादन गरिएका तरकारीलगायतका बाली शहरी क्षेत्रका बजारमा बिक्री गर्न लाने गरेको बाह्रदशीका कृषक लक्ष्मीनारायण साहले बताए। सुरेन्द्र भण्डारी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x