माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २१ गते बस्यो । हाल प्रदेश सभाको पाँचौ अधिवेशन जारी छ ।
प्रदेश सभाबाट हालसम्म ३३ वटा विधेयक पास भएका छन्, ४ वटा दर्ता भएका छन् । अधिकांश समय बिजनेश नपाएर प्रदेशसभा ठप्प हुँदै आएको हो ।
कोही प्रदेशसभा सदस्यहरू नबोल्नेको तुलनामा १० गुणा बढी बोलेको देखिएका छन् । नबोल्नेहरू केवल सभाको शोभाको रुपमा मात्रै देखिएका हुन् तर बोल्नेहरूको आफ्नै पीडा छ ।
चाहे प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यहरू हुन्, चाहे सत्ता पक्षकै प्रदेशसभा सदस्यहरू । प्रदेश सभामा बोलेका कुराहरू प्रदेश सरकारबाट कुनै सुनुवाइ नभएपछि उनीहरू हैरान भएका छन् ।
प्रदेशसभा सचिवालयको तथ्यांक अनुसार प्रदेश सभामा सबैभन्दा बढी बोल्नेमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्का पर्छन् तर बोलेका कुनै पनि कुरा सुनुवाइ नहुुँदा उनी सरकारप्रति निकै रुष्ट छन् ।
प्रदेशसभा सदस्य खड्काले सरकारप्रति आक्रोश पोख्दै भने, ‘जनताको प्रतिनिधि हुँ, मैले नबोले कसले बोलिदेला ? संघीयता नयाँ प्रणाली हो, हामी सरकारको प्रतिपक्ष भएपनि यसको संस्थागत गर्नु हाम्रो पनि दायित्व रहन्छ तर ३ वटा बजेट आउँदा समेत प्रतिपक्ष सांसदहरूलाई बजेटमा उपेक्षा गरिएको छ ।’
प्रदेशसभा स्वायत्त भएपनि निर्देशित र नियन्त्रित रहेको आरोप लगाउँदै उनले प्रदेश सरकार एकतर्फी रुपमा अगाडि बढेको र आफूहरूले उठाएका विषय र सवाल हालसम्म २ प्रतिशत पनि कार्यान्वयन नभएको आक्रोश पोखे । संसदीय व्यवस्था देखावटीझै भएको बताउँदै उनले सरकारले कार्यकर्ता पोषण गर्न र भष्टचार बढाउने कार्य मात्रै गरेको टिप्पणी गरे ।
राष्ट्रिय जनता पार्टीकी प्रदेशसभा सदस्य मालामती रानाथारु पनि सरकारप्रति कम असन्तुष्ट छैनन् । उनले आक्रोश पोखिन्, ‘मैले सभाको शुुरू बैठकदेखि बोल्दै आएकी छु तर हालसम्म कुनै सुनुवाइ नै गरिएन । चाहे प्रदेश राजधानी, नामाकरण र राजनीतिक सवाल होस्, चाहे बजेट विनियोजन र कानून निर्माणको सवाल होस् हामीलाई पूरै बाइपास नै गरिएको छ ।’
प्रतिपक्ष दलका प्रदेशसभा सदस्यको जस्तै हालत र अनुभूति सत्तापक्षीय नेकपाकै प्रदेशसभा सदस्यको पनि छ । प्रदेश सभामा बढी बोल्ने सूचीमा परेकी नेकपाकी प्रदेशसभा सदस्य पूर्णा जोशीले आफूले दलित, महिला, पछाडि परेको वर्गको समुदाय तथा विकासको सवालमा आवाज उठाउँदै आएको बताइन् तर सरकारले समयमा समस्याको सम्बोधन नगर्दा बोल्नको लागि मात्रै बोले जस्तो अनुभुति हुने गरेको गुनासो सुनाइन् । सांसदका प्रतिक्रिया र दुःखेसोले ‘रातभर करायो दक्षिणा हरायो’ भन्ने लोकोक्तिलाई चरितार्थ गरेको छ ।
बढी बोल्नेकै आवाज सरकारबाट सुनुवाइ नहुने भएपछि नबोल्ने तर हाजिरी गर्न भने नछुटाउने प्रदेशसभा सदस्यलाई हाइँसन्चो भएको छ । प्रदेशसभा सचिवालयको फागुन ७ गतेसम्मको तथ्यांक अनुसार ५३ जना प्रदेशसभा सदस्यमध्ये ४ प्रतिशत प्रदेशसभा सदस्य मात्रै १ सयभन्दा कम दिन हाजिरी भएका छन् । बाँकी सबैको हाजिरी १०० दिनभन्दा माथि नै देखिएको छ ।
कसले कति पटक बोले ?
प्रदेश सभामा नेकपाबाट सभामुख र उपसभामुखसहित ३९ जना प्रदेशसभा सदस्यले प्रतिनिधित्व गर्दै आएका छन् भने नेपाली कांगे्रसबाट १२ र राष्ट्रिय जनता पार्टीबाट २ जनाले प्रतिनिधित्व गरेका छन् ।
प्रदेशसभा सचिवालयको माघ २० गतेसम्मको तथ्यांक अनुसार नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले सबैभन्दा बढी ४२ पटक सभामा बोलेका छन् । यसअवधिमा १४ जना प्रदेशसभा सदस्यले २० पटकभन्दा बढी बोलेका छन् । बढी बोल्नेमा कांग्रेसका कर्णबहादुर मल्ल २४ पटक, गोविन्दराज बोहरा २० पटक, रणबहादुर रावल ३३ पटक, श्यामलाल राना २० पटक छन् ।
नेकपाका तारालामा तामाङ २० पटक, पूर्णा जोशी ३० पटक, महेशदत्त जोशी ३४ पटक, लिलाधर भट्ट २९ पटक, शान्ति नेपाली २१ पटक, हर्कबहादुर कुँवर २२ पटक र दूर्गाकुमारी कामीले २१ पटक सभामा बोलेकी छन् भने राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यद्वय मालामती रानाथारु ३७ र कृष्णबहादुर चौधरीले २९ पटक बोलेका तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा कम बोल्नेको तथ्यांकमा मुख्यमन्त्री त्रिलोचन भट्टको नाम उल्लेख छ । सरकारका मुख्यमन्त्रीसहित मन्त्रीले सांसदबाट उठेका सवालमा जवाफ दिने कार्य मात्रै गर्ने भएकाले कम देखिएको जनाइएको छ । सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने भएकाले बोल्नेको सूचीमा पर्दैनन् ।
प्रदेशसभा सचिवालयको तथ्यांक अनुसार १० पटकभन्दा कम बोल्नेको संख्या १५ रहेको छ । नेकपाका अर्चना गहतराज ९ पटक, कुलवीर चौधरी ९ पटक, गल्बुसिंह बोहरा ७ पटक, अर्थमन्त्री समेत रहेका झपट बोहरा ९ पटक, नन्दबहादुर साउँद १० पटक, भौतिक पूर्वाधार मन्त्री समेत रहेका पठानसिंह बोहरा ४ पटक, पूर्व राज्यमन्त्री प्रकाश रावल ८ पटक, मनाकुमारी साउँद १० पटक, माया तामाङ १० पटक, नेपालु चौधरी ९ पटक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले ३ पटक, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले ४ पटक सभामा सम्बोधन गरेकी छन् । नेपाली कांग्रेसका उमाकुमारी बादी ९ पटक, दिव्यश्वरी शाह ८ पटक र देवराज पाठक ७ पटक बोलेका छन् ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...