×

NMB BANK
NIC ASIA

गोठमै आउँछन् दूध किन्ने ग्राहक

फागुन ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सबेरै र साँझ नछिप्पिँदै शिवप्रसाद शर्मालाई गाईभैँसी दुहुन भ्याइनभ्याइ हुन्छ । दुही नसक्दै दूध किन्ने ग्राहक गोठछेउ झुम्मी सक्छन् । ताजा र पोषिलो दूध भाँडामा भर्छन्, पैसा तिर्छन्, जान्छन् । यसरी गोठमै दूध लिन आउने ग्राहक १० जना छन् ।

Muktinath Bank

बाँकी दूध शर्माले बजारका घरघर पुर्‍याउँछन् । कतिले दैनिक त केहीले मासिक पैसा दिन्छन् । बागलुङ नगरपालिका–२ का शर्मा विसं २०६७ देखि दुग्ध व्यवसायमा छन् । घर नजिकै हाडेपाखामा उनको ‘शिवशक्ति गाईभैँसी दुग्ध उत्पादन फार्म’ छ । फार्ममा अहिले पाँच भैँसी र तीन गाई छन् । गाई उन्नत जातका हुन् भने भैँसी स्थानीय जातका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाई भैँसीले दैनिक ९० लिटरसम्म दूध दिन्छन् । 'एक लिटर दूधको मूल्य रु १०० छ', ५५ वर्षीय शर्माले भने, 'मासिक रु ५० हजार जति खर्च छ, यस्तै ४० हजार जति बचाउँछु ।' घाँस र दानामा बढी खर्च छ । पशुपालनका लागि उनले करिब छ रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएका छन् ।


Advertisment
Nabil box
Kumari

गाईभैँसीसँगै व्यावसायिक तरकारी खेती पनि छ । तरकारीबाट पनि राम्रै आम्दानी छ । ‘टनेल’ लगाएर गोलभेँडा खेती गर्ने योजना शर्माको छ । शर्मा २७ वर्ष कृषि विकास बैंकमा जागिर गरेर निस्केपछि पशुपालन र कृषितिर लागेका हुन् । 'जागिरपछि यत्तिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचले यता लागेँ', उनले भने, 'अहिले राम्रै भएको छ, मेहनतको फल पाएजस्तो लाग्छ ।' 

Vianet communication
Laxmi Bank

उनले शुरुमा रु पाँच लाख लगानी गरेर ‘फार्म’ खोलेका थिए । अहिले ‘फार्म’को लगानी बढेर झण्डै रु १५ लाख पुगेको शर्माको भनाइ छ ।

पहिलेको तुलनामा पशुको सङ्ख्या पनि बढेको छ । शर्मासहित परिवारका सदस्य मिलेर पशुपालन र कृषिलाई अगाडि बढाएका छन् । 

श्रीमती गीताकुमारी, छोरा गणेश, बुहारी उषालगायतले शर्मालाई काममा सघाउँछन् । 'सकुञ्जेल खाली किन बस्ने भनेर यो उमेरमा पनि कृषिमा लागेका छौँ', गीताकुमारीले भनिन् ।

छोरा गणेश पनि अमेरिकाको सपना त्यागेर परिवारसँगै बसेर व्यवसायतिर लागेका छन् । उनको बागलुङ बजारमै पेय पदार्थको ‘होलसेल’ पसल छ । अमेरिकाको सपनाले रु ३५ लाख डुबाएको गणेशले बताए । उन अमेरिका नपुगी बीचबाटै फर्किएका थिए ।

'पशुपालन र कृषिमा अझै लगानी थप्ने र व्यवस्थित गराउने सोचमा छौँ', गणेशले भने, 'सरकारी निकायबाट अनुदान पाउन सके हामीलाई राहत हुने थियो ।' विसं २०६९ मा तत्कालीन पशु सेवा कार्यालयबाट गोठ सुधारका लागि पाएको रु ५० हजारबाहेक अहिलेसम्म कुनै अनुदान नल्याएको शर्माको भनाइ छ ।

'अनुदान, प्राविधिक सहयोग पाउन पाए अझ कस्सिएर लाग्न सकिन्थ्यो होला', शर्माले दुखेसो पोख्दै भने, 'कृषिको अनुदान काम गर्ने किसानलाई भन्दा नगर्नेलाई जान्छ ।'

उनले अनुदानका लागि स्थानीय तहले प्रदेशमा र प्रदेशले सङ्घलाई देखाउने गरेको नमिठो अनुभव सुनाए । शर्मा योग्य किसान भएर पनि अनुदान पाउनबाट बञ्चित हुनुपरेको अगुवा किसान बैकुण्ठ सापकोटाले बताए । रामबहादुर थापा/बाग्लुङ

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x