मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपालको शेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको छ ।
पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको शेयर बजारले साताको पहिलो दिन साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएर पछिल्लो नयाँ रेकर्ड कायम गरेको हो ।
आइतबार १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता सेयरको ३० हजार ४५६ पटक खरिदबिक्री हुँदा कुल तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपियाँ बराबरको शेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८२ करोड रुपियाँले बढी हो ।
यद्यपि कारोबारका हिसाबले यो दोस्रो रेकर्ड हो । अघिल्लो साताको अन्तिम दिन पनि दुई अर्ब ७८ करोड ५० लाख रुपियाँभन्दा बढीको शेयर खरिदबिक्री भएर त्यो दिनसम्मको नयाँ रेकर्ड कायम भएर बन्द भएको थियो । त्यसअघि पनि दुई अर्ब ६८ करोडभन्दा बढीको कारोबार भएर पनि नयाँ रेकर्ड कायम गरेको थियो ।
यही फागुन ५ गते सोमबार भएको कारोबार रकम तीन वर्षमा धेरै थियो । यसअघि २०७३ साउन ११ गते हालसम्मकै सर्र्वािधक दुई अर्ब ७५ करोड ३७ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको थियो । सो पश्चात् एकै दिनमा भएको फाग्ुन ५ गतेको कारोबार धेरै थियो ।
सो दिन नेप्से परिसूचक पनि १८६६.५० बिन्दुमा पुगेको थियो । जे होस् औपचारिक रूपमा शेयर बजारकै करिब तीन दशकको इतिहासमा आइतबारको कारोबार उच्चतम बिन्दु हो । शेयर बजारमा आइतबार कारोबार रकमसँगै कारोबार सङ्ख्या र खरिदबिक्री भएको सेयरको सङ्ख्याका आधारमा पनि नयाँ रेकर्ड कायम भएको हो ।
आइतबारको कारोबार रकमसँगै शेयर बजार मापक नेप्से परिसूचक पनि दुई वर्षयताकै उच्च बिन्दु अर्थात् एक हजार पाँच सयभन्दा माथि लागेको छ । पहिलो दिन नेप्से परिसूचक ६९.५६ अङ्कले उकालो लागेर १५०४.१४ को बिन्दुमा पुगेर रोकिएको छ भने ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स १७.०७ अङ्कले उकालो लागेर ३१७.५० को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा यस दिनको नेप्से ४.८५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ५.६८ प्रतिशतले उकालो लागेको छ ।
लगानीकर्ताको मनोबल बढ्यो
पछिल्ला दिनमा बैङ्कहरूले शेयर लगानीकर्ताका लागि गरेको ऋणको व्यवस्था, नियमनकारी निकायहरूको सकारात्मक कदमजस्ता कुराले लगानीकर्ताको मनोबल बढेको बताउँछन् शेयर विश्लेषक पविन्द्र आचार्य । चीनबाट सामान आयात गर्ने व्यापारी त्यहाँ देखिएको कोरोना भाइरसका कारण शेयर बजारमा पैसा लगानी गर्न थालेपछि पछिल्ला दिनमा शेयर कारोबार रकम बढेको विश्लेषण उनको छ ।
आइतबार लगानीकर्ताको आकर्षण बैङ्किङ क्षेत्रमा देखिएपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको भन्दै नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार भन्छन्, “बजार विस्तारै बढ्छ भन्ने लागेको थियो तर आइतबारको वृद्धि अचानक हो, आश्चर्य भने होइन । अब शेयर बजारको भविष्य उज्ज्वल छ ।”
७० अङ्कले नेप्से बढ्नु र ३६० करोड रुपियाँको कारोबार समग्र शेयर बजारकै लागि ऐतिहासिक क्षण भएको भन्दै उनी बैङ्किङ क्षेत्रको शेयर मूल्य एकदमै कम भएका बेला लगानी गर्ने मौकालाई सदुपयोग गर्दै लगानीकर्ता बैङ्किङ क्षेत्रमा तानिएको विश्लेषण गर्छन्।
अबको शेयर बजारमा सामान्य करेक्सन भए पनि धेरै अन्तरले नघट्ने भन्दै उहाँ नयाँ लगानीकर्तालाई बजारमा प्रवेश गर्दा थप सजग हुनुपर्ने सुझाव दिन्छन्। बजार बढेका बेला नयाँ लगानीकर्ता हौसिएर प्रवेश गर्नेभन्दा पनि सुझबुझपूर्ण तरिकाले प्रवेश गर्नुपर्ने भनाइ उनी राख्छन् ।
अघिल्लो साताको सुरुदेखि नै उकालो बाटो पछ्याएको शेयर बजार साताको अन्तिम कारोबारका दिनमा पनि दोहोरो अङ्कले सुधारिएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...